गण्डकीबाट गठबन्धनका शर्मा, परियार र श्रेष्ठ विजयी
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १७:२३:५७
११ माघ, पोखरा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनै सीटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भइन् ।
उनले ३ हजार ६ सय ६० मतभार पाइन् । शर्माले स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाको मत पाइन् । एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार ल्याइन् । उनले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ २२ जनाको मत पाइन् ।
गण्डकीबाट अपांकता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् । उनले ३ हजार ७ सय ७४ मतभार पाए । परियारले स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाको मत पाए ।
एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार ल्याए। उनले स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाको मत पाए । गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । उनले ३ हजार ८ सय ८ मतभार पाए । श्रेष्ठले स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाको मत पाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार