सैफ अली खान-करिना कपूरको जोडी १२ वर्षपछि पर्दामा देखिँदै
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १७:५६:२४
११ माघ, काठमाडौं । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूर खान बलिउडको सुहाउँदो जोडीमध्ये एक हुन् । यो जोडीले एकसाथ कैयौँ फिल्ममा काम गरेका छन् ।
पछिल्लो पटक यो जोडी सन् २०१२ मा ‘एजेन्ट विनोद’मा देखिएका थिए । अब यो जोडी १२ वर्षपछि पुनः दर्शकमाझ एकसाथ आउने भएका छन् । टाटा प्लेको शो ‘नाउ बिगिनिङ’को बेला उनीहरूले एक शोमा आफूहरू सँगै देखिन लागेको जानकारी दिएका हुन् ।
करीना र सैफले यसअघि ‘टसन’, ‘कुर्बान’ र ‘एजेन्ट विनोद’मा सँगै काम गरेका थिए । उनीहरूले रोडसाइड रोमियामा स्वर पनि दिएका थिए । यद्यपि उनीहरु एक दशकभन्दा बढी समय पर्दामा सँगै देखिएनन् ।
‘पहिला उनी भन्थे ‘हुँदैन, यो काम गर्दिनँ । यसमा कुनै चासो छैन र हामी एकसाथ काम गर्नुहुँदैन’ । सायद यही कारणले ‘टसन’ र ‘एजेन्ट विनोद’ले राम्रो व्यापार गरेन । तर एक राम्रो फिल्म भयो भने मानिसहरूले हामीलाई सँगै हेर्न चाहेका छन् भन्ने मेरो बुझाई हो’, करीनाले भनेकी छन् ।
सैफले पनि करीनासँगको सहकार्यको बारे मुख खोलेका छन् । ‘हामी वास्तवमै केही चिजमा काम गरिरहेका छौँ र केही यस्तो ल्याउने प्रयास गरिरहेका छौँ । जसले यो कुराको ध्यान दिनेछ कि हामी विवाहित हौँ र यो नाटक यो कुराको थोरै विरोधी छ । त्यसकारण यो काम अहिले प्रगतिमै छ’, सैफले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार