कृष्ण महरा पुत्र राहुललाई थुनामा पठाउने आदेश उच्च अदालतबाट पनि सदर
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १९:१०:५५
११ माघ, काठमाडौं । भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। यो आदेशसँगै भेप प्रकरणमा पक्राउ परेका राहुल महरा थुनामा नै रहने भएका छन् ।
बिहीबार न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र दिपेन्द्र अधिकारीको इजलासले उनी र अर्का अभियुक्त लोकेन्द्रकुमार पौडेललाई जिल्ला अदालत काठमाडौंले गरेको आदेश सदर गरेको हो । राहुल पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन्।
यसअघि काठमाडौं जिल्ला अदालतले राहुललाई थुनामा पठाउने थुनछेक आदेश गरेको थियो । त्यसपछि राहुल जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् ।
इलेक्ट्रिक सिगरेट–भेपमा ल्याइएको सुनमा जोडिएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राहुललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनलाई आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा अभियोग दायर गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार