सलमान खान र करण जोहर २५ वर्षपछि सँगै काम गर्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार २२:१२:३
![](https://nepalbahas.prixacdn.net/media/albums/salman_ddTsgL8DDU_IVXOfD7vjS.jpg)
११ माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खान र करण जोहर २५ वर्षपछि सँगै काम गर्न लागेका हुन् । यस प्रोजेक्टको नाम ‘द बुल’ हो जसलाई करण जोहरले निर्माण गर्दैछन् । यसमा सलमान आर्मी अफिसरको भूमिकामा देखिनेछन् ।
चलचित्रको टिम गत वर्ष २८ डिसेम्बरको मुहूर्तका लागि मुम्बईको फिल्मसिटीमा भेला भएको थियो । फिल्म फेब्रुअरी २०२४ मा फ्लोरमा जानेछ। निर्देशक विष्णुवर्धनले निर्देशन गर्ने यो फिल्मको सुटिङ दुई महिनाका लागि स्थगित गरेका छन् । भारत र माल्दिभ्सबिच चलिरहेको विवादका कारण यस्तो भएको हो ।
फिल्मसँग सम्बन्धित स्रोतका अनुसार करण, विष्णु र सलमानले यस फिल्मको पटकथा तय गर्न अझै केही समय लिनेछन् । उनीहरु आफ्नो स्क्रिप्टमा केही परिवर्तन गर्दै भारत र माल्दिभ्सबिचको सम्बन्ध सुधारको प्रतीक्षामा छन् ।
सबै कुरा ठिक भएपछि निर्माण पक्षले यो चलचित्रको छायांकन सुरु गर्नेछ । अहिलेको लागि फेब्रुअरी तालिका करिब २ महिनाको लागि स्थगित गरिएको छ।
स्रोतले थप भन्यो, ‘अहिले विष्णुले फिल्मको कथामा परिवर्तन गरिरहँदा करणले फिल्मको सुटिङसँग सम्बन्धित अन्य उपायहरू पनि सोचिरहेका छन् । यसैबिच सलमानले अन्य स्क्रिप्ट पनि पढिरहेका छन् ।’
फिल्म ‘द बुल’ को कथा सन् १९८८ को प्रसिद्ध अपरेशन क्याक्टसमा आधारित छ । माल्दिभ्सलाई आतंकवादी हमलाबाट बचाउन भारतीय सेनाले यो अपरेशन गरेको थियो । यस फिल्मका लागि सलमानले तौल घटाउने तालिम लिइरहेका छन् । यसमा उनी आर्मी अफिसरको भूमिकामा देखिँदैछन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरि-रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का विषयमा निर्देशक-निर्माता बीच लफडा
फागुन ६, २०८१ मंगलबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
मंगलबार बजारमा १० अर्ब ४३ करोडका शेयर किनबेच भए, १२ अंकले बढेर २७४० मा रोकियो नेप्से
फागुन ६, २०८१ मंगलबार
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु
फागुन ६, २०८१ मंगलबार