पौडेलको घरमा अख्तियारको टोली नपुग्दै राष्ट्रिय सभाकी उपाध्यक्ष अर्याल किन पुगिन ?
नेपालबहस संवाददाता
माघ ११, २०८० शुक्रबार ०:५७:४९
१२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षित मुद्रण केन्द्रमा भ्रष्टाचार भएको आरोपमा मुद्दा खेपिरहेका केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलको घरमा छापा मार्दा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्याल त्यहाँ भेटिएकी थिइन । अख्तियार उच्च स्रोतले दिएको जानकारी अनुसार पौडेलको घरमा अख्तियारको टोली पुग्दा उनी त्यही भेटिएकी हुन । ‘उहाँ झण्डावाल गाडीमै त्यहाँ पुग्नु भएको रहेछ, अख्तियारको टोलीलाई उहाँले कुनै अवरोध गर्नुभएन तर हाम्रो टोली जुन कोठामा पुग्यो उहाँ पनि त्यही कोठामा हेर्न पुग्नु भयो’, उच्च स्रोतले भन्यो ।
बुधबार अख्तियारको टोली मण्डिखाटारस्थित पौडेलको घरमा छापा मार्न पुगेको थियो । स्रोतका अनुसार अर्याल र पौडेल नातेदार हुन् । अर्याल त्यहाँ देखेपछि उनको भूमिका शंकास्पद रहेको आयोगले जनाएको छ । पौडेलले आफू राजनीतिक पहुँच भएको व्यक्ति बताउँदै अख्तियारलाई छल्दै आएका थिए । विकल पौडेल र सुनील पौडेललाई अदालतल अनुसन्धानको लागि सात दिनको समय दिएको छ । नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र संरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो ।
दुवै जना भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् । मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको कार्यकयको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरू थप छानबिनमा तानिएका थिए । त्यही क्रममा बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरी अख्तियारको हिरासत राखिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।
२०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्ति विरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायक अर्थका बजेट महाशाखा प्रमुख मधु मरासिनी (सचिव निलम्वन) विरुद्द मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार