विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुआत
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १४:३९:३६
१२ माघ, काठमाडौं । आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।
दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले दुई ओभरमा दुई विकेट लिएको छ । नेपालका लागि गुल्सन झा र आकाश चन्दले समान एक÷एक विकेट लिए ।
नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा गुल्सनले खेलको पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई आउट गराए । त्यस्तै आकाशले दोस्रो ओभरको तेस्रो बलमा अफगानिस्ताका खालिद तानिवालाई आउट गराए ।
नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाल आजको खेल जित्नैपर्ने दबाब छ ।
समूह ‘डी’को पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्यूजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार