तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १५:३२:३२
१२ माघ, काठमाडौं । नेपाल चाइना चेम्बर अफ कमर्स, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सो तेस्रो मुलुकका लागि निर्यातको शुभारम्म भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सो कार्यक्रमको उद्घाटन गरेका छन् । सुरुआती चरणमा खाद्यान्न निर्यात गरिने जनाइएको छ । सो वस्तु नेपालबाट चीन हुँदै जापान पठाउन लागिएको हो । कार्यक्रममा आपूर्ति सचिव दुवाडीले यो कार्यले अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालमा उत्पादन भएका सामानहरू निर्यात गर्न हर प्रकारको सहजीकरण गर्ने बताए । यो कार्य राजदूत सोङकै अगुवाइमा सम्पूर्ण कुराहरू चीनले व्यवस्थापन गरी सुरू गरेको बताइएको छ ।
यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तेस्रो मुलुकमा सामान निर्यातले राम्रो कार्य प्रारम्भ भएको बताए । यसले पर्यटन प्रवर्द्धनसहित नेपालको समग्र विकासमा चिनियाँसहित अन्य मुलुकको सहयोगको आशा रहेको पनि बताए ।
यस्तै, नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले मुलुकमा व्याप्त आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रोत्साहन गर्न यो गतिलो उदाहरण हुने र चीनले नेपालको विकास र समृद्धिका लागि हर कुरामा सहयोग गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार