कांग्रेसले योगराज उपाध्याय र नुतन थपलियालाई गर्यो सम्मान
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १७:४४:३३
१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा योगप्रसाद उपाध्याय र नूतन थपलियालाई सम्मान गरेको छ । कांग्रेसमा आस्था राखेर प्रजातन्त्रको पक्षमा निरन्तर लागेका पुराना नेताद्धयलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्मान गरेका हुन् ।
२००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी भएका थिए । नेपाल विद्यार्थी संघ हुनु अघि गठन भएको छात्र संघ गठनका लागि उपाध्याय अगुवाई गरेका थिए । बीपी कोइरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासनमा बिताएका थिए ।
राजा र दलबीचमा समन्वय गरेर जानुपर्ने मत राख्ने उपाध्याय २०४६ सालको आन्दोलन पछि बनेको अन्तरिम सरकारमा गृहमन्त्री बनेका थिए । कांग्रेसले शुक्रबार सम्मान गरेका अर्का व्यक्ति थपलियाले नागरिक स्वतन्त्रताका लागि २००३ साल देखि सक्रिय भएर लागेका थिए । सहिद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता हुन् ।
२००७ सालमा बीपी विराटनगरमा पक्राउ परेको विरोधमा काठमाडौंमा प्रदर्शन गर्दा उनलाई तत्कालीन सरकारले पक्राउ गरेको थियो । स्वतन्त्रताका लागि उनले भोक हड्ताल र सत्याग्रह आन्दोलन अपनाएका थिए । भारत स्वतन्त्रताको खुसियालीमा सहभागी हुँदा छ महिना जेल परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार