राजा चार्ल्स तृतीय प्रोस्टेट शल्यक्रियाका लागि अस्पताल भर्ना
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १७:५०:४५
१२ माघ, लन्डन । राजा चार्ल्स तृतीयलाई बढेको प्रोस्टेटको ‘सुधारात्मक प्रक्रिया’ का लागि शुक्रबार लन्डनको एउटा निजी अस्पतालमा भर्ना गरिएको बकिङ्घम दरबारले बताएको छ ।
वेल्सकी राजकुमारीले पेटको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेको लन्डन क्लिनिकमा ७५ वर्षीय राजाको उपचार गरिनेछ । अस्पताल पुगेपछि राजाले राजकुमारी केटलाई भेटेका थिए ।
दरबारले भनेको छ, “राजालाई बिहान निर्धारित उपचारका लागि लन्डनको एउटा अस्पतालमा भर्ना गरिएको छ, गत साता शुभकामना पठाउने सबैलाई राजाले धन्यवाद दिन चाहनुभएको छ ।”
सोह्र महिनाअघि राजगद्दीमा बस्नुभएका राजा चार्ल्सलाई गत जनवरी १७ मा लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उनको अवस्था सामान्य भएको पत्ता लागेको थियो । उनले कार्यक्रमहरू रद्द गरे र उनलाई उपचार प्रक्रियाअघि आराम गर्न आग्रह गरिएको थियो ।
राजाको शन्यक्रियाका बारेमा प्रचारलाई सार्वजनिक स्वास्थ्य सल्लाहअनुसार अन्य पुरुषहरूलाई प्रोस्टेटको परीक्षण गराउन प्रोत्साहन गर्ने अवसरका रूपमा हेरिएको छ । आफ्नो निदानले जनस्वास्थ्य जागरुकतामा सकारात्मक प्रभाव परेको जानेर राजा खुशी भएको दरबारले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा खनाल
मंसिर २९, २०८१ शनिबार
एनपिएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २९, २०८१ शनिबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार