अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्यो नेपाल
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार २०:५३:३३
१२ माघ, काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो ।
तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुग्न सफल भएको हो । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्याे ।
१४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रन बनाए । दीपक बोहराले २७ र आकाश त्रिपाटीले १६ रन जोडे । खनालले चौथो विकेटका लागि आकाश त्रिपाटीसँग ४९ र सातौँ विकेटका लागि दीपक बोहरासँग ३६ रनको साझेदारी गरेका थिए ।
७३ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले थप १८ रन जोड्दा अन्य ३ विकेट पनि गुमाएको थियो । गुल्सन झा १, विपिन रावल २ र दीपक डुम्रेले ५ रन बनाए। दीपेश कँडेल ४ रन जोडेर आउट भए ।
१२७ रन जोड्दा कप्तान खनाल सातौँ विकेटका रुपमा आउट भएपछि नेपाल थप दबाबमा परेको थियो । त्यसपछि दीपक र सन्तोष भन्डारीले आठौँ विकेटका लागि १३ रनको साझेदारी गरे । नेपाललाई जितका लागि २ रन आवश्यक रहेका बेला नवौँ विकेट गुमाएको थियो । सुबासले विजयी रनका रुपमा चौका प्रहार गरेका थिए ।
समूह डीमा नेपाल तेस्रो हुँदै सुपर सिक्स पुगेको हो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपालले अगाडि बढ्न अफगानिस्तानविरुद्ध जित्नैपर्ने दबाब थियो। नेपालले यसअघि सन् २०१६ मा आयोजित विश्वकप संस्करणमा पनि दोस्रो चरणको यात्रा तय गरेको थियो ।
दोस्रो चरणमा अब ६÷६ टोलीका दुईवटा समूह रहनेछन् जसलाई सुपर सिक्स भनिएको छ । नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड पनि सुपर सिक्स पुगिसकेका छन् ।
त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनमा अलआउट भयो । अफगानिस्तानलाई सस्तोमा समेट्न नेपालका मिडियम पेसर आकाश चन्द एक्लैले ५ विकेट लिए ।
दीपेश कँडेलले २ तथा गुल्सन झा, सुबास भन्डारी र तिलक भन्डारीले एक एक विकेट लिए । ४३ रनमा ६ विकेट गुमाएको अफगानिस्तानका लागि पछिल्लोक्रमका एएम घजानफारले आक्रामक ब्याटिङ गर्दै सम्हाल्ने प्रयाश गरेका थिए ।
उनले २१ बलमा ३ छक्का र ४ चौकासहित ३७ रन जोडे। घजानफारले सातौँ विकेटका लागि कप्तान नासिर खानसँग ४२ रनको साझेदारी गरेका थिए ।
त्यसपछि ८८ रनमा ८ विकेटको अवस्थामा पुगेको अफगानिस्तानले नवौँ विकेटका लागि ५५ रनको साझेदारी गरेको थियो । कप्तान नासिर खानले नवौँ विकेटका लागि फारिदुन दाउदजाईसँग ५५ रनको साझेदारी गरेका थिए । दीपेशले नासिरलाई आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार