वित्तीय अनुशासन कायम नगरेका बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकको कारवाही
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार २२:९:१६
१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन कायम नगर्ने तीन वाणिज्य बैंकसहित ६ वित्तीय संस्थालाई कारबाही गरेको छ । प्रिमियम ब्याज फिर्ता नगरेको, पुँजी कोष गणनाको विवरण गलत बुझाएको राष्ट्र बैंकले दिएको निर्देशन अनुसार काम नगरेको भन्दै उनीहरूलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासको विवरणमा निर्देशनको पालना नगरेको, तोकिएका मापदण्ड पुरा नगरेको भन्दै प्रभु बैंक, हिमालयन बैंक र ग्लोबल आइएमई बैंकमाथि कारबाही गरिएको छ । यस्तै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स पनि कारबाहीमा परेका छन् ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आइएमई, हिमालयन बैंक र प्रभू बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । प्रभु बैंकलाई पुँजी कोष अनुपात गणना गर्दा फरक गरेको भन्दै सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
ग्लोबल आइएमई बैंकले भने प्रिमियम ब्याज ग्राहकलाई फिर्ता नगरेपछि केन्द्रीय बैंकले सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको जनाएको छ । ग्लोबल बैंकलाई कर्जा नोक्सानी व्यवस्था अनुसार रकम नछुट्याएकोमा कारबाही गरिएको छ ।
गरिमा विकास बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ । बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठ र अन्य व्यक्तिकाे संयुक्त खातामा बीमा कम्पनी खोल्न जम्मा भएको आवेदन रकम विभिन्न चरणमा खर्च हुँदा पनि ती कारोबारहरूको अनुगमन नगरेको भन्दै संस्थागत सुशासन र संचालकको आचरण कमजोर देखिएपछि सचेत गराएको हो ।
रिलायन्स फाइनान्सका सञ्चालकलाई पनि सचेत गराएको छ । सञ्चालक कुशप्रसाद मल्लीको संयुक्त खाता र निजको व्यक्तिगत खातामा निजको व्यावसायिक कारोबारहरू भएको पाएपछि केन्द्रीय बैंकले कारबाही गरेको हो । उक्त कारोबारको पर्याप्त अनुगमन नभएकोले प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई भने नगद र जरिवाना गरेको छ । मुक्तिनाथ विकास बैंकलाई वित्तीय कारोबार गर्दा वास्तविक धनी पहिचान नगरेको पाइएपछि नगद जरिवाना गरेको हो । मुक्तिनाथ विकास बैंकलाई एकीकृत निर्देशन २०८० मा व्यवस्था भए अनुसार १० लाख नगद जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
माघ ७, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार