बारा प्रहरीले समात्यो ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लियो
नेपालबहस संवाददाता
माघ १३, २०८० शनिबार १६:०:३२
१३ माघ, बारा । बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रूपैया बराबरको समानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा रौतहटबाट काठमाण्डौतर्फ जादै गरेको प्र.०३-०३-००१ख ००८४ नम्बर को यात्रु बाहक बसबाट घडी ३२५ वटाको अन्दाजी मुल्य ६५ हजार र एयर फोन ९० वटा अन्दाजी मुल्य १ लाख ३५ हजार रुपैयाको विल नभएको समान प्रहरीले बरामद गरेको हो ।
त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा रुपन्देहीबाट लाहान-सिराहातर्फ जादै गरेको लु १ क २८८८ नम्बर को मिनिट्रकबाट १३ हजार ३ सय १० पोका सुर्ती गुट्खा र पुकार गरी अन्दाजी मुल्य ३० लाख १ हजार १ सय ६१ रुपैयाँ बराबरको विल नभएको मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुरतर्फ जादै गरेको ना ३ ख ११४३ नम्बर को ट्रकबाट ४ सय बोरो चामल अन्दाजी मुल्य ५ लाख ७० हजार रुपैयाँ बराबरको विल नभएको ट्रकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार