सशस्त्र युद्धका समय मारिएका थप ३ हजार जनालाई शहीद घोषणा गर्ने तयारीमा सरकार
नेपालबहस संवाददाता
माघ १३, २०८० शनिबार १६:२४:४९
१३ माघ, काठमाडौं । सरकारले थप तीन हजार जनालाई शहीद घोषणा गर्ने तयारी गरेको छ । फागुन सात अगाडि शहीद घोषणाबारे राजपत्रमा नाम प्रकाशन गर्ने तयारीमा सरकार छ । सरकारले थप ३ हजार जनालाई शहीद घोषणा गर्न लागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका हुन् ।
शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले माओवादी जनयुद्धका क्रममा मारिएका तर शहीद घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई पनि मन्त्रिपरिषदले शहीद घोषणा गरेको र अब राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया मात्र बाँकी रहेको बताए ।
माओवादी जनयुद्धका क्रममा ज्यान गुमाउनेहरू अरू कोही शहीद घोषणा गर्न छुटेको भए तत्काल सम्बोधन गर्ने पनि उनले आश्वासन दिए । आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी सशस्त्र युद्ध र जनआन्दोलनका शहिदहरु नछुट्नु भनेर विशेष ध्यान दिएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
‘अझै केही छुट भएको छ भने हामीले त्यो छुट भएको बाँकीको पनि लिस्टिङ गर्दैछौँ । त्यसलाई पनि घोषणा गरिन्छ । म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई पनि भन्न चाहन्छु–यो निर्णय आफैंमा सामान्य निर्णय होइन । यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ । युद्धलाई सम्मानित गरेको छ’, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार