कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान, को कहाँ खटिए ?
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १२:१९:५२
१४ माघ, काठमाडौैं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय नेताहरूलाई जिल्ला तोकेर खटाएको छ । कुन नेतालाई कुन जिल्लामा खटाउने भन्ने कार्यसमितिको निर्णयअनुसार ‘समुदायमा कांग्रेस’ अभियानका लागि नेताहरूलाई जिल्ला जिल्लामा खटाइएको कांग्रेसले जनाएको छ ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले ताेकेका पदाधिकारी पनि सहभागी हुनेछन् । माघ १६ गतेदेखि २६ गतेसम्म टोली जिल्ला जिल्लामा रहनेछ । अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरक–फरक टोली खटिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक रहनु हुनेछ । तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ । टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने उनले बताए ।
को कहाँ खटाइए ?
कोशी प्रदेश
१) डा. शेखर कोइराला– झापा र सुनसरी
२) डा. नारायण खड्का– संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
३) बलबहादुर के. सी.– मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर
मधेश प्रदेश र वागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह– मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा वागमतीको सिन्धुली र मकवानपुर
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही , वागमतीको धादिङ र चितवन
वागमती प्रदेश
१) डा. मिनेन्द्र रिजाल– काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा
गण्डकी प्रदेश
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ
लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि– रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
२) डा. डिला संग्रौला– कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी
कर्णाली प्रदेश
१) डा. शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत
सुदुरपश्चिम् प्रदेश
१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर
नोट: केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार