नेपालको निष्कर्ष, ‘ओली राजनीतिक अस्थिरताको जड’
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १४:८:३४
१४ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक अस्थिरताको जड भएको आरोप लगाएका छन् । उनले राजनीतिक स्थिरता र सरकारको स्थिरताबारे प्रश्न उठेको भन्दै संसदमा परिवर्तन पक्षधर र विपक्षमा रहेका राजनीतिक दलबीच द्वन्द्व चलिरहेको बताएका छन् ।
काठमाडौंमा सुरु पार्टीको दोस्रो केन्द्रीय परिषद बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको बताए । अध्यक्ष ओली यसको मुख्य कारक भएको उनको भनाइ छ । उनले सत्ताच्युत भएर प्रतिपक्षमा बसेको एमाले वर्तमान गठबन्धनको सरकार तोड्न उद्धत रहेको बताए ।
नेपालले एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रमुख प्रतिपक्षमा पुगेको एमालेले अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ । विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्धत छ ।’
उनले ओलीले राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले गरिरहेको बताए । प्रतिपक्षमा रहेका दलहरूले जस्तोसुकै विषयमा पनि संसद अवरुद्ध गर्ने गरेको अध्यक्ष नेपालको भनाइ थियो । प्रतिगामी, तपस्यागामी शक्तिको क्रियाकलापले मुलुकलाई अस्थिरता प्रकट गरेको उनले बताए । राष्ट्रियता, लोकतन्त्र, सुशासन, सामाजिक न्याय र मानवअधिकारका विषयलाई सशक्त ढंगले अघि बढाउन लागि पर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले २०७९ को निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल आए पनि राजनीतिक अस्थिरता कायमै रहेको बताए । ‘मुलुकको राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेका छन, अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘यसबीच आम निर्वाचन २०७९ को निर्वाचन परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन भएको छैन ।’
अहिले पनि संसदमा १२ वटा राजनीतिक दल कायम रहेको भन्दै उनले २०७९ को निर्वाचनपछि सरकारको समीकरण बदलिएर सात दलीय गठबन्धन कायम रहेको र प्रचण्ड नेतृत्वको सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् । तर उनले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार