प्रहरीद्वारा सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध डिफ्युजन नोटिस जारी
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १४:४९:५६
१४ माघ, काठमाडौं । पोखराको सूर्य दर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । प्रहरीले आइतबार उनीहरुबिरुद्ध डिफ्यूजन नोटिस जारी भएको जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो ।
सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको हो । अब उनीहरू पनि विश्वभरका प्रहरीका फरार सूचीमा रहनेछन् ।
ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध गत शुक्रबार डिफ्युजन नोटिस जारी गरेको सूचना आएको थियो । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले सहकारीका वर्तमान अध्यक्ष बुढामग र पूर्व अध्यक्ष राईविरुद्ध पनि नोटिस जारी भएको जानकारी दिएका छन् ।
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका जिबी राईसहित वर्तमान र पूर्वअध्यक्षविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले राईविरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई २ साताअघि मात्रै पत्राचार गरेको थियो ।
जिबी राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । मुद्दाका मुख्य अभियुक्त नै फरार हुँदा बचतकर्ताको रकम कसरी असुल हुने भन्नेमा अन्योल छ ।
२०८० असोज १८ मै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारीका वर्तमान र पूर्वपदाधिकारी÷सञ्चालक तथा कर्मचारीसहित १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । रकम हिनामिनाबारे सुरुमा पोखरा महानगरपालिकाले छानबिन गरी थप अनुसन्धानका लागि कास्की प्रहरीमा जाहेरी दिएको थियो । महानगरको छानबिनकै क्रममा अभियुक्तमध्येका कतिपय सम्पर्कविहीन बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको रकम ठगी गर्ने कान्तिपुर बहुउद्देश्यीय सहकारीका सचिव तातेड पक्राउ
साउन ४, २०८१ शुक्रबार
पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल
साउन १, २०८१ मंगलबार
‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’
असार २६, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
मौरिटानियामा जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु, १९० बेपत्ता
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड
साउन १२, २०८१ शनिबार
धनगढीमा बिरामीको मृत्युपछि उत्पन्न तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार
साउन १२, २०८१ शनिबार
सिमलताल दुर्घटना: बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो
साउन १२, २०८१ शनिबार
संसदीय सुनवाइ समिति बैठक बोलाइयो, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक: नेपालका स्यान्टु र प्रिन्स आज खेल्दै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे
साउन १२, २०८१ शनिबार