एसियाडका लागि विशेष प्रशिक्षण सोमबारदेखि सुरु हुने
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार २०:१८:५१
१४ माघ, काठमाडौंं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले ‘मिसन २०२६’ अन्तर्गत जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षण सोमबारदेखि सुरु हुने भएको छ ।
राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले नियमित राष्ट्रिय टोली तयारीको प्रशिक्षण र व्यापक अन्तर्राष्ट्रिय सहभागितालाई उच्च प्राथमिकता दिएर पहिलो चरणमा पाँच खेलको तयारी प्रशिक्षण थालिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सदस्य–सचिव घिसिङले विगतको समग्र नतिजा र उपलब्धिलाई दृष्टिगत गरी पहिलो चरणमा तेक्वान्दो, कराते, उसु, बक्सिङ र जुडोको तयारी प्रशिक्षण सुरु गर्न लागिएको बताउँदै क्रमैसँग अन्य खेलको पनि तयारी थाल्ने बताए । उनले पाँचौँ एसियाली पारा खेलकुदको पनि तयारी सुरु गर्ने उल्लेख गरे ।
राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणको अवधिमा खेलाडीको फिटनेस परीक्षण, डाइट एन्ड न्युट्रिसन कक्षा, उत्प्रेरणात्मक तथा खेल विज्ञान कक्षा, योगा कक्षा, स्वास्थ्य परीक्षण, स्वास्थ्य परीक्षण, डोपिङसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि हुने जानकारी दिए ।
विशेष प्रशिक्षणमा रहेका पाँच खेलमा २९ पुरुष र २१ महिला खेलाडी रहेका छन् । प्रत्येक खेलका लागि समान दुई–दुई गरी १० प्रशिक्षक खटिनेछन् । कुनै पनि एसियाली खेलकुद सम्पन्न भएको छोटो समयमा अगामी संस्करणका लागि राखेपले तयारी थालेको यो पहिलोपटक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार