कर्मचारीको धम्कीपछि विमानस्थल घटनामा संलग्न प्रहरीलाई सरुवा गर्न गृहमन्त्रीको निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार २०:४७:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/narayan-kaji-1_lHeWSeY1Sz_1WAytdcMST.jpg)
१४ माघ, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीमाथि हातपात गर्ने प्रहरीलाई विमानस्थलबाट सरुवा गर्न निर्देशन दिएका छन् । आइतबार हातपात गर्ने प्रहरीलाई कारबाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने कर्मचारीको चेतावनीपछि गृहमन्त्री श्रेष्ठले दुई प्रहरीको सरुवा गर्न निर्देशन दिएका हुन् ।
सिंहदरबारमा गृहमन्त्रीलाई भेट्न पुगेका कर्मचारीहरूसँग श्रेष्ठले हातपातमा उत्रिएका प्रहरी कर्मचारीहरूलाई विमानस्थलबाट हटाइने आश्वासन दिएका थिए । लगत्तै हातपातमा संलग्न असई सञ्जय तामाङ र एक प्रहरी जवानलाई विमानस्थलबाट सरुवा गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्रीसँगको भेटमा कर्मचारीहरूले आक्रमणमा संलग्न प्रहरीलाई कारबाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । विभिन्न दलसम्बद्ध पाँच प्रमुख ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी पनि गरेका छन् । उनीहरूले घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्न माग गरिएका छन् । अन्यथा अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा बन्द गर्ने लगायतका आन्दोलनका थप कार्यक्रम घोषणा गर्न वाध्य हुने उनीहरूको चेतावनी छ ।
गृहमन्त्रीलाई सम्बोधन गरी मुख्य सचिव र गृह सचिवलाई बोधार्थसहितको संयुक्त ज्ञापनपत्रमा भनिएको छ, ‘हालै भएको घटनाप्रति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्रियाशील ट्रेड युनियनको तर्फबाट २०८० माघ १२ गते प्रेषित विज्ञप्तिमा कालोपट्टि बाँधी सेवा प्रवाह गरिरहेको विरोधको कार्यक्रमप्रति राष्ट्रिय स्तरका ट्रेड युनियनका तर्फबाट समर्थन जनाउँदै उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रुपमा कार्यालयको सेवा बन्द गर्ने लगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी वाध्य हुने ब्यहोरा यसै ज्ञापनपत्रमार्फत जानकारी गराउँदछौं ।’
हेर्नुहोस् ज्ञापनपत्र:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
मन्त्रीस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका सहसचिवहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार