माधव नेपालको दृष्टिमा ओली गठबन्धन भत्काउने कसरतमा
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार २२:३५:२७
१४ माघ, काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन भत्काउन एमालेको नेतृत्व लागिपरिरहेको बताएका छन् । उनले पार्टीको राष्ट्रिय परिषद बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै सो कुरा बताएका हुन् । उनले संघीय र सबै प्रदेशमा गठबन्धनको सरकारहरू बनेका उल्लेख गर्दै गठबन्धनका दलहरुबीचमा आपसी समझदारीका साथ काम हुनुपर्दछ भन्नेमा पार्टीले जोड दिन चाहेको बताए ।
‘यति वेला मुलुकमा राजनीतिक स्थिरता र सरकारको स्थिरताको प्रश्न पनि उठिरहेको छ । यसको मुख्य कारण सदनभित्र गणतन्त्रवादी र गणतन्त्र विरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् । यी शक्तिहरूबीच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ’, उनले भनेका छन् । उनका अनुसार यसरी चलिरहेको द्वन्द्वले गर्दा मुलुकमा राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले भइरहेको छ ।
‘अहिले प्रतिपक्षमा रहेका दलहरुले जस्तोसुकै विषयमा पनि संसद अवरोध गर्ने गरेका छन् । सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्दत छ । पुनरुत्थानवादी, प्रतिगामी तथा पश्चगामी शक्तिहरूको कृयाकलापहरू र प्रतिपक्षका गतिविधिहरूबाट मुलुकलाई अस्थिरतातर्पm धकेल्न खोजेको आभाष पाइन्छ’, उनले आफ्नो प्रतिवेदनमा भनेका छन् ।
अध्यक्ष नेपालका अनुसार यस्तो अवस्थामा संसद पार्टी कामको र वर्ग संघर्षको एउटा महत्वपूर्ण मोर्चा बन्न पुगेको छ र वर्तमान अवस्थामा संघीय संसदका दुबै सदन र सबै प्रदेश सभाहरूमा हाम्रो पार्टीको प्रतिनिधिहरूले संसदीय मोर्चालाई रचनात्मक ढंगले कुशलतापूर्वक राष्ट्र र जनताको हितमा आम जनतासंग एकाकार भई राम्रोसँग उपयोग गर्न र वर्ग संघर्षलाई संचालन गर्न सक्नुपर्दछ ।
यसैगरी अध्यक्ष नेपालले अमेरिकाले चीनलाई घेर्न लागेको बताएका छन् । चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले हिन्द प्रशान्त क्षेत्र रणनीति अख्तियार गरेको नेपालले बताएका छन् ।
नेपालले आफ्नो विश्व ब्रिफिङमा बोल्दै भारत र अमेरिकाले गरेका सैन्य सम्झौतामा पनि आपत्तिको भाषा प्रयोग गरेका छन् । अमेरिकाले भारत तथा अन्य क्षेत्रीय शक्तिसँग चीन लक्षित बलियो गठबन्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै अध्यक्ष नेपालल भनेका छन्, ‘भारत तथा फिलिपिन्ससँग अलग–अलग सैन्य सहयोगको सम्झौता गरेको छ । भारत र अमेरिकाबीच सैन्य, प्रविधि व्यापार र आप्रवासनसँग सम्बन्धित विषयहरुमा गम्भीर प्रकृतिका सम्झौता भएका छन् । यसले भारत र अमेरिकाबीचको सम्बन्ध मात्र होइन एसिया प्रशान्त क्षेत्र र सिंगो विश्व राजनीतिमा विभिन्न समस्या पैदा गर्ने सम्भावना छ ।’
अध्यक्ष नेपालले कस्तो खालको ‘समस्या’ भनेर किटान भने गरेका छैनन् । उनले अमेरिकी प्रभाव क्षेत्र भएको ल्याटिन अमेरिकामा एकपछि अर्को समाजवादी सरकारहरु बनिरहेको पनि बताएका छन् । यद्यपि, समाजवादी दाबी गरिएको सरकार ढलेर उग्र दक्षिणपन्थी सरकार बनेको अर्जेन्टिनाको प्रसंगमा भने नेपाल मौन छन् ।
माधव नेपालले रुसले युक्रेनमा गरेको सैन्य हमलादेखि त्यसको नेटो साइनो पनि कोट्याएका छन् । अमेरिकी नेतृत्वको पश्चिमा शक्तिलाई नेपालले ‘साम्राज्यवाद’को उपमा दिँदै उनले भनेका छन्, ‘अहिले साम्राज्यवादको अर्को ध्यान नाटोका सदस्य राष्ट्रको संख्या विस्तार गर्ने र यसको सामरिक क्षमता अभिवृद्धि गर्ने कुरामा पनि केन्द्रित छ । आफ्नो प्रभुत्वलाई कायम राख्न अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र न्युजिल्याण्डबीच साझा जासुसी गठबन्धनको प्रयत्न शुरु भएको छ ।’
रुसले युक्रेनमा गरेको सैन्य हमलामा युक्रेनसँग भन्दा रुससँग समभाव राख्दै नेपालले रुसलाई कमजोर पार्न पश्चिमा शक्तिहरु लागेको बताएका छन् । रुस र युक्रेन युद्ध गम्भीर मोडमा आएको व्याख्या गर्दै उनले भनेका छन्, ‘कतिपय युरोपेली राष्ट्रहरू आफैं पनि
संलग्न हुँदै गइरहेका छन् । अत्याधुनिक क्षेप्यास्त्र लगायतका युद्ध सामग्रीहरू युक्रेन पठाएर युद्धलाई अझ लम्ब्याउने र यसलाई अझ घातक बनाउने कार्य गरिरहेका छन् । नाटो सम्बन्धित केही राष्ट्रहरू यस कार्यमा प्रत्यक्ष रुपमा संलग्न हुन खोजिरहँदा युद्ध अझ लम्बिने र ध्वंसात्मक हुने सम्भावना बढ्दैछ ।’
उनले थप भनेका छन्, ‘त्यतिमात्र होइन, युक्रेन–रुस मामलामा पश्चिमाहरुको नेतृत्वमा रहेको नेटोमार्फत हस्तक्षेप बढ्दै जाँदा स्थिति झनै गम्भीर बन्दै गैरहेको छ । साथै विश्व शक्ति सन्तुलनमा हलचल आउने, विश्व शान्ति र आर्थिक विकासमा बाधा पुग्न जाने देखिन्छ ।’
इजरायलले हमासको हमलाको प्रतिक्रियामा गाजामा गरेको बमबारी र त्यसबाट मारिएका बालबालिकाको हत्याको मुद्दामा पनि नेता नेपालले बोलेका छन् । इजरायलले गाजामा नरसंहार गरेको भनेर दक्षिण अफ्रिका, इन्डोनेसियालगायतले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा नेपालले समर्थन गरेका छन् । उनले गाजा मामिलामा इजरायल, अमेरिका र युरोपियनहरुको एकमुष्ट आलोचना गर्दै भनेका छन्, ‘दक्षिण अफ्रिका, इण्डोनेशिया लगायतले युद्ध र नरसंहारका विरुद्ध उठाइरहेका कदमहरूलाई हाम्रो पार्टी समर्थन गर्दछ । यसमा अमेरिका र युरोपियनहरुले गरेको भूमिका निन्दनीय छ ।’
दुई राज्य नै इजरायल र प्यालेस्टाइन समस्या हलको कारण भन्दै नेपालले भनेका छन्, ‘इजरायलले प्यालेस्टाइन राज्यको अस्तित्वलाई स्वीकार गरी दुई राष्ट्र आपसमा पारस्परिक सम्मान र सह अस्तित्वको आधारमा शान्तिपूर्ण रुपमा अघि बढून् भन्ने चाहन्छौं ।’ अमेरिकासँग गरम देखिएका नेपाल चीनसँग नरम देखिन्छन् । अमेरिकासँग गरम देखिए पनि आफ्नै दलसमेत सहभागी भएर पारित भएको एमसीसीको प्रसंगमा उनी मौन छन् । बीआरआईमा भने उनी मुखर भएका छन् । चीनले आफ्नै मौलिक समाजवाद निर्माणमा सक्रियता देखाएको भन्दै नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा अत्याधुनिक, चुस्त र हरित उद्योगहरु सञ्चालनमा काम गरिरहेको बताएका छन् ।
नेपालले बीआरआई, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, ग्लोबल डिभेलपमेन्ट इनिसिएटिभ, ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको प्रसंग ल्याउँदै अध्यक्ष नेपालले चीनले यस्ता कार्यक्रमहरूबाट विकासशील देशहरुसँग बहुपक्षीय तथा दुई पक्षीय सहयोग बढाइरहेको बताएका छन् । नेपालले विश्वको खाद्यान्न अभाव, विशाल प्रविधिक कम्पनीको आधिपत्य, वित्तीय आधिपत्यको एकाधिकारका मुद्दामा पनि आलोचना गर्दै पश्चिम एसिया क्षेत्रको पेट्रोलियम पदार्थको अर्थ–राजनीतिका तर्क पनि मन्तव्यमा अटाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार