अमेरिकी डलरको भाउ आज पनि स्थिर, कतिमा हुँदैछ कारोबार ?
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार ८:३३:७
१५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले यसदिन पनि स्थिर रहेको हो । आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६९ पैसा र बिक्री दर १३३ रूपैयाँ २९ पैसामा कारोबार भएको छ । यसअघि आइतबार पनि डलरको भाउ सोही मूल्यमा किनबेच भएको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार युरोपियन युरोको एकको खरिद दर १४४ रूपैयाँ ०२ पैसा र बिक्री दर १४४ रूपैयाँ ६७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २७ पैसा घटेको हो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको सोमबार खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८७ रूपैयाँ २४ पैसा र बिक्री दर ८७ रूपैयाँ ६४ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०९ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९५ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ एक पैसा रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३९ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर सोमबार २८ रूपैयाँ ०७ पैसा र बिक्री दर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३१ रूपैयाँ ३६ पैसा र बिक्री दर ४३३ रूपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ ९६ पैसा र बिक्री दर ३५३ रूपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
माघ ७, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार