अगस्त्य 'च्याप्टर १' टिजर सार्वजनिक, सौगात मल्लको ग्यांगस्टार लुक्स
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १०:५२:१८
१५ माघ, काठमाडौं । आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आज सार्वजनिक भएको छ ।
ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । एक्सन प्रधान दुई मिनेटको टिजरमा सौगातलाई प्रेमी देखि ग्याङस्टार हुँदै सडकमा पुगेको अवस्थासम्म देखाइएको छ ।
सौरभ चौधरी निर्देशित फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीले टिजर बनाउन मिहिनेत गरेका छन् । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्मको टिजरलाई पूर्ण रुपमा व्यावसायिक शैलीमा तयार पारिएको छ ।
टिजरमा मुख्य कलाकारद्वय सौगात र नाजिरलाई एक्सन अवतारमा देख्न सकिन्छ । साथमा, सौगातको मानसिक सन्तुलन गुमाएको अवतारले पनि दर्शकको मन जित्ने पक्का छ ।
यो फिल्मलाई साउथ फिल्मको शैलीमा तयार पारिएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर पनि गज्जब छ । संजय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, एस डी योगीको संगीत छ ।
फिल्मले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको टिजरबाट अनुमान गर्न सकिन्छ । तर, टिजरले फिल्मको कथालाई रहस्यमै राखेको छ । यसकाकारण, दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन टिजर सफल छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार