मोनालिसाको पेन्टिङमा जलबायु कार्यकर्ताले फाले सुप
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १०:५५:३२
१५ माघ, पेरिस । जलवायु परिवर्तनका अभियन्ताहरूले पेरिसको लुभ्र म्युजियममा रहेको मोनालिसाको चित्रकलालाई निशाना बनाएका थिए।
दुई महिला कार्यकर्ताले संग्रहालयमा रहेको चित्रकलाको अगाडिको गिलासबाट सुप फालेका छन् । सुरक्षालाई चकित पारेर दुवै महिला पेन्टिङको नजिक पुगेका थिए । यस घटनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुई महिलाले पहिले केही टाढाबाट पेन्टिङमा सुप फाल्छन् र त्यसपछि पेन्टिङको नजिक पुग्छन् ।
पेन्टिङमा सुप फालेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले पेन्टिङको अगाडि कालो पर्दा लगाएको भिडियोमा देखिन्छ । फ्रान्सेली समाचार संस्थाका अनुसार दुई कार्यकर्ता पेन्टिङको नजिक पुग्छन् र फ्रान्सेली भाषामा कराएर भन्छन्, ‘कुन चाँही महत्त्वपूर्ण छ, कला वा स्वस्थ तथा उपयुक्त खाद्य प्रणालीको अधिकार रु’
उनीहरूले फ्रान्सेली भाषामा भनेका छन्, ‘तपाईँको कृषि प्रणाली खराब छ । हाम्रा किसान काम गर्दागर्दै मरिरहेका छन् ।’ यी दुवै कार्यकर्ता फ्रान्सेली संगठन रिपोस्टे एलिमेन्टेयरको प्रतिनिधित्व गरिरहेका थिए। पछि वातावरण र खाद्यान्नको स्रोतको आवश्यकतालाई उजागर गर्नका लागि यो विरोध गरिएको भन्दै जलवायु अभियन्ताले विज्ञप्ति जारी गरेका छन् ।
यसअघि पनि धेरै कार्यकर्ताहरूले जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन आर्टलाई निशाना बनाएका छन्। यसअघि मे २०२२ मा एक विरोध प्रदर्शनका क्रममा मोनालिसाको पेन्टिङको अगाडिको गिलास थिचिएको थियो । अक्टोबर २०२२ मा लन्डनको नेशनल ग्यालरीमा भिन्सेन्ट भान गगको सनफ्लावर चित्रकलामा पनि सूप फालिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा खनाल
मंसिर २९, २०८१ शनिबार
एनपिएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २९, २०८१ शनिबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार