पश्चिमी शक्तिसँग बढ्दो तनावका बीच इरानले गर्यो तीनवटा भूउपग्रह प्रक्षेपण
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार ११:३:४३
१५ माघ, तेहरान । इरानले रक्षा मन्त्रालय र सशस्त्र बल रसद मन्त्रालय द्वारा विकसित आफ्नो वाहक रकेट प्रयोग गरेर पहिलो पटक सफलतापूर्वक तीन उपग्रहहरू प्रक्षेपण गरेको छ ।
इरानको राज्य नियन्त्रित मिडियाका अनुसार तेहरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई बढावा दिने कोशेढुङ्गाको साबित भएको छ।
उपग्रहहरूलाई आइतबार न्यूनतम् ४५० किलोमिटर (२८० माइल) को कक्षामा पठाइएको थियो। ३२ किलोग्राम (७१ पाउण्ड) तौलको एउटा उपग्रह र १० किलोभन्दा कम तौलका दुईवटा नानो उपग्रहहरू सिमोर्ग (फिनिक्स) स्याटेलाइट क्यारियर रकेट प्रयोग गरेको हो ।
काहान–२ र हतेफ–१ नामका नानो उपग्रहहरू न्यारोब्यान्ड कम्युनिकेसन र जियोपोजिसनिङ टेक्नोलोजी परीक्षण गर्न प्रयोग गरिने सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
इरानी अन्तरिक्ष एजेन्सीले बनाएको महदा नामको ठूलो उपग्रहले अन्तरिक्षमा धेरै कार्गोहरू पठाउन सिमोर्ग रकेटको शुद्धता परीक्षण गर्ने लक्ष्य राख्नेछ। सिमोर्ग रकेट विगतमा धेरै पटक असफल भइसकेको थियो । सो प्रक्षेपण इरानको ग्रामीण सेमनान प्रान्तको इमाम खोमेनी स्पेस सेन्टरबाट भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
एनपिएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २९, २०८१ शनिबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार