कुष्ठरोगको पूर्णउन्मुलनमा चुनौतीपूर्ण
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १३:४३:५७
१५ माघ, भक्तपुर । सन् २०१० मै नेपाल कुष्ठरोग उन्मुलन देश बन्न सफल भएको थियो । तर कुष्ठरोग उन्मूलन भएको देश घोषणा भएको यति धेरै वर्ष भइसक्दा पनि अहिलेसम्म पनि कुष्ठरोगीहरुमाथि विभेद हुने गरिएको एक कार्यक्रममा बताइयो । यही कारण अहिले पनि कुष्ठरोगीहरु खुलेर नआउने गरेको र उनीहरू लुकाएरै उपचारमा रहने गरेको जनाइएको हो ।
कुष्ठरोग भनेको पूर्वजन्ममा भएको पापका कारण लाग्ने भन्ने अन्धविश्वासलाई अहिलेसम्म चिर्न नसक्दा समाजमा अझैसम्म पनि विभेद रहेको बताइयो । ७१औं विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले यहाँं गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरकी जनस्वास्थ्य प्रमुख अस्मिता ओझाले यही कारण यो वर्षको नारा कुष्ठरोग सम्वन्धी गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं भन्ने राखिएको बताइन् । ‘अझैसम्म पनि हामीले कुष्ठरोग भनेको पापका कारण लाग्ने होइन भन्ने अन्धविश्वास हटाउन सकेका छैनौं, कार्यालय प्रमुख औझाले भनिन्, ‘यही कारण अहिले पनि कति कुष्ठरोगीहरु उपचार नै नगरी रोग नै लुकाएर बसेका पनि होलान् ।’
जिल्लामा तीनजना कुष्ठरोगीहरु रहेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरियो । तीमध्ये दुईजना भक्तपुर नगरपालिका क्षेत्रमा र एकजना मध्यपुर थिमि नगरपालिका क्षेत्रमा रहेको तथ्यांक कार्यक्रममा पेस गरियो । जिल्लामा भक्तपुर र मध्यपुरसहित सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु रहेका छन् । भक्तपुर गाउँंपालिकाविहीन जिल्लो हो ।
कार्यक्रममा सहभागी ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका प्रमुख डा। रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा रहेका भनिएका ती कुष्ठरोगीहरु अन्धविश्वासकै कारण अहिले भक्तपुरमा नचिनिएको सुनाए । उनीहरु स्थानीय नभएको पनि उनले बताए । उनीहरु बाहिर जिल्लाका भएको उनले सुनाए । खाली भक्तपुरमा बसेर औषधि लिइरहेको मात्रै भएको उनले बताए । यस अर्थमा भक्तपुर कुष्ठरोगीविहीन जिल्ला भएको उनको भनाई थियो ।
वरिष्ठ कुष्ठ तथा छाला रोग विशेषज्ञ डा रमेश शर्माका अनुसार छालामा लाटो, फुस्रो दाग देखिने, स्नायु ९नशा० सुन्निने, छालामा नदुख्ने, नचिलाउने गिर्खा देखा पर्ने, हात गोडा झमझम गर्ने, हात गोडा लाटो हुने, पोलेको थाहा नहुने, शरीरमा दुख्ने, पोल्ने, सुन्निएको रातो दाग देखा पर्ने, शरीरमा रातो, दुख्ने गिर्खा देखा पर्ने साथै ज्वरो आउने, जोर्नी दुख्ने, हात गोडा लुलो तथा बाङ्गो हुने, आँखा पूरा बन्द गर्न नसक्ने आदि यस रोगका लक्षणहरू हुन् ।
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुले गराउने एक प्रकारको कम सर्ने रोग हो । यसले मुख्यगरी छाला, स्नायु (नसा) तथा मांसपेशीमा असर गर्दछ । कतिपय अवस्थामा भने यसले आँखा, कलेजो, मिर्गौला तथा जोर्नीमा पनि असर गर्ने र ज्वरो आउने हुने गर्दछ ।
कुष्ठरोग पनि क्षयरोग जस्तै खोकी, हाछ्युँद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । तर क्षयरोगको भन्दा कुष्ठरोगको किटाणु धेरै कमजोर हुने हुनाले कुष्ठरोग संक्रमित व्यक्तिसँगको लामो सम्पर्क (प्रतिहप्ता २० घन्टा बढी) बाट यो रोग सर्न सक्ने जनाइएको छ । उपचार सुरू गरिसकेपछि भने कुष्ठरोग सङ्क्रमितबाट अर्को व्यक्तिमा यो रोग सर्दैन ।
नेपालबाट निकट भविष्यमा कुष्ठरोगको पूर्ण उन्मुलन चुनौतीपूर्ण रहेको चिकित्सकहरू बताउँछन् । प्रति दस हजारमा एकजना मात्रै कुष्ठरोगी भएमा त्यो देश पूर्ण उन्मूलन देश मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखापरीक्षकको ६१औँ प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस हुँदै
जेठ १३, २०८१ आइतबार
धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द
जेठ ११, २०८१ शुक्रबार
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
जेठ ११, २०८१ शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
अफगानिस्तानमा महिलामाथि लगाइएको प्रतिबन्धले बालविवाहको संख्या बढ्ने
जेठ १३, २०८१ आइतबार
सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी : महामन्त्री थापा
जेठ १३, २०८१ आइतबार
गृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
महालेखापरीक्षकको ६१औँ प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस हुँदै
जेठ १३, २०८१ आइतबार
भोजपुरको एक मात्र गरस चिया उद्योग
जेठ १३, २०८१ आइतबार