राष्ट्र बैंकको पटके कारबाहीमा परेको प्रभु बैंकका शेयरधनीको हात खाली, खराब कर्जाले किस्ट बैंकको झल्को
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १४:३२:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/prabhubank_rpNVBxmd7r_ISX1bXnguq.png)
१५ माघ, काठमाडौं । काण्डै काण्ड र विवादै विवादले आक्रान्त भएको तथा राष्ट्र बैंकको पटके कारबाहीमा परेको प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को लागि कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । त्यस्तै बैंकले पुष मसान्तभित्र आर्थिक वर्ष २०७९/८० को साधारणसभा पनि सम्पन्न गर्न सकेको छैन । बैंकका पूर्व अध्यक्ष एवं मुख्य लगानीकर्ता देवीप्रसाद भट्टचन र सीईओ अशोक शेरचनका कारण बैंकमा संस्थागत सुशासनको चरम अभाव देखिएको छ । अधिकांश वाणिज्य बैंकले पुष महिना भित्र साधारणसभा सम्पन्न गरिसकेका छन् ।
गत वर्ष १ दशमलव ९८ प्रतिशत रहेको खराब कर्जा अहिले आएर ४ दशमलव ९० प्रतिशत पुगेको छ । कम्पनीको खराब कर्जा दोब्बर भन्दा धेरैले वृद्धि भएको छ । कुनै समय किस्ट बैंकको खराब कर्जामार्फत संघर्ष गर्दै आएको बैंक अहिले फेरी त्यही लयमा हिँडिरहेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८६ करोड ऋणात्मक छ भने खुद मुनाफा पनि करिब ४० प्रतिशतले घटेको छ । २३ अर्ब माथि चुक्ता पुँजी भएको बैंकको मुनाफा १ अर्ब पनि छैन ।
बैंकको संचालक समितिको अध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत लिला प्रकाश सिटौला रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा, रामेश्वर सापकोटा, अविशेक बज्राचार्य, बिर्ख बहादुर बस्नेत र डा. गीता प्रधान रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ अशोक शेरचनदेखि वरिष्ठ डेपुटी सीईओमा मनोज न्यौपाने र डेपुटी सीईओमा मणिराम पोखरेल रहेका छन् । त्यस्तै विभागीय प्रमुखहरुमा निरज लम्साल, रेनु प्रसाद पाण्डे, राजेश भण्डारी, दीपेश प्रधान, रश्मी पन्त, लेखबहादुर पुन, रिवास श्रेष्ठ र सुजेन शाक्य रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष ०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले ७२ करोड ३ लाख बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले १ अर्ब १९ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ३९ दशमलव ९७ प्रतिशतको गिरावट आएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ अर्ब ३९ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ७६ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ४० दशमलव ५८ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ५ दशमलव ७७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ७२ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ६३ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रूपैयाँ १२ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १० रूपैयाँ १९ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ३९ दशमलव ९४ प्रतिशतले घटेको छ ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष वितरणयोग्य मुनाफा ३६ करोड ४२ लाख थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ६१२ दशमलव ७३ प्रतिशतले घटेको छ ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ खर्ब ८१ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन २ दशमलव ६९ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह पनि १ दशमलव ६३ प्रतिशतले घटेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष ५ दशमलव १२ प्रतिशतले बढेर १० अर्ब ११ करोड पुगेको छ भने संचित मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
किताबी मूल्य ः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १३५ रूपैयाँ शून्य २ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा ४ दशमलव ९० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा १ दशमलव ९८ प्रतिशत थियो ।
लाभांश इतिहासः
प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८० को लागि कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ६ दशमलव ५० प्रतिशत बोनस र १ दशमलव ५० प्रतिशत नगद लाभांश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार