जोर्डनमा ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १४:२२:४७
१५ माघ, वासिङ्टन । अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकाले जानकारी गराएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको बताएको हो ।
राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणका बारेमा अझै पनि सत्य तथ्य सङ्कलन गरिरहेको बताएको छ ।
यद्यपि उनले सिरिया र इराकमा सक्रिय इरान समर्थित लडाकू समूहलाई यस आक्रमणको लागि जिम्मेवार भएको दावी गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले एक छुट्टै विज्ञप्ति जारी गर्दै एकतर्फी ड्रोनबाट गरिएको आक्रमणमा घाइते सैनिकको सङ्ख्या २५ पुगेको पुष्टि गरेको छ ।
बाइडनले भने, “संयुक्त राज्य अमेरिकाले सबै जिम्मेवार व्यक्तिहरूलाई हाम्रो कानुन अनुसार सजाय हुनेछ । सन् २०२३ अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएयता सिरिया र इराकमा रहेका अमेरिकी सेनामाथि बारम्बार आक्रमण हुँदै आएको छ ।
यस क्षेत्रमा इरान समर्थित लडाकूहरूविरुद्ध अमेरिकी प्रतिशोधात्मक आक्रमणहरू अहिलेसम्म उनीहरूलाई रोक्न असफल भएका छन् जसले गर्दा पहिलो पटक आक्रमणमा अमेरिकी सैनिकहरूको मृत्यु भएको छ ।यसैबीच, इरानले जोर्डनमा भएको ड्रोन आक्रमणमा आफ्नो कुनै सम्लग्नता नरहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा खनाल
मंसिर २९, २०८१ शनिबार
एनपिएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २९, २०८१ शनिबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार