धार्मिक सहिष्णुता बिथोल्ने तत्वको पहिचान गरी कारबाही गर्न माग
आबिद हुसेन
माघ १५, २०८० सोमबार १५:१७:१९
१५ माघ, वीरगञ्ज । सामाजिक सद्भाव बिथोल्ने तत्वको पहिचान गरी कारबाही गर्न पर्साका मुस्लिम समुदायले माग गरेका छन् । पर्साका मुस्लिम समुदायले सोमबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
परापूर्व समयदेखि शान्तीपूर्वक मिलेर बस्दै आएका हिन्दु र मुस्लिम समुदाय बीच आपसी द्वन्द्व फैलाउने र सामाजिक सद्भावलाई बिथोल्न केही तत्वहरु सामाजिक सञ्जालमा सक्रिय भएको ज्ञापन पत्रमा उल्लेख छ ।
केही दिनदेखि धार्मिक जुलुश, निकाल्ने क्रममा उच्छृङ्खल गतिविधि गर्ने, मुस्लिम टोल तथा मस्जिद, मदर्सा तथा कब्रस्तानहरुमा जुत्ता चप्पल लगाई भित्र प्रवेश गर्ने, धाक धम्की दिने जस्ता कार्यहरु भएको भन्दै ज्ञापन पत्रमार्फत आपत्ती जनाइएको छ ।
धार्मिक सहिष्णुता र भाइचारामा खलल पुग्ने कार्य गर्ने व्यक्तिलाई कारवाही गर्न ज्ञापन पत्रमार्फत मुस्लिम समुदायले ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा फेसबकुमार्फत भ्रम फैलाउने तथा धार्मिक द्वन्द्व भड्काउने कार्य गरीरहेको भन्दै हिन्दु युथ अफ वीरगञ्ज र हिन्दु युथ अफ छिपहरमाई नामक पेज चलाउने व्यक्तिको पहिचान गर्न पनि ज्ञापन पत्रमार्फत कारबाही गर्न माग गरिएको छ ।
साथै उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा पनि यि दुई पेजविरुद्ध उजुरी दर्ता गरेका छन् । ज्ञापन पत्र बुझाउन जफर अंसारी, मेहबुब अलि, अब्बास मंसुरी, आबिद हुसेन, मौलाना अलि असगर मदनी, जालिम मिया, मौलाना गुलामे मुस्तफा, हाजी ग्यासोदीन ठकुराइ, रेहाज अहमद, फैयाज अहमद, कारी अतिउल्लाह, खुशमहम्मद मिया लगाएतको उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार