पाहुनालाई बडिगाडको कोसेली मह र भाँगो
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १७:५०:११
१५ माघ, ढोरपाटन 'बागलुङ' । एकदशकअघिसम्म बागलुङमा मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा सहभागी अतिथिलाई कोसेलीका रुपमा बुट्टेनली दिने चलन थियो । दशकयता आयातीत सामग्रीलाई कोसेलीका रुपमा प्रयोग गर्दै आइएको थियो । तर यस वर्षदेखि बागलुङमा कोसेलीका रुपमा स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रयोग गर्न थालिएको छ । कृषकलाई उत्पादन गर्न प्रेरित गरिरहेको छ भने उत्पादित वस्तुले बजारसमेत पाउन थालेका छन् ।
आइतबार बागलुङमा दुई ठूला कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी भएका थिए । एउटा बडिगाड गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन र अर्को लायन्स क्लबको तेस्रो क्याबिनेट बैठक थियो । बडिगाड गाउँपालिकाले मुख्यमन्त्री पाण्डेलाई स्थानीयस्तरमै उत्पादन भएको चोयाको टोकरीमा मह र भाँगो कोसेलीका रुपमा दिएको थियो भने लान्यस क्लबले बागलुङको ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा उत्पादन भएको भाँगो दिएको थियो ।
आइतबार भएका दुई कार्यक्रममा मात्रै होइन जिल्लामा हुने अन्य कार्यक्रमका आयोजकले प्राङ्गारिक उत्पादनलाई बढी महत्व दिन थालेका छन् । मुख्यमन्त्री पाण्डेलाई कोसेली प्रदान गर्दै बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले स्थानीय उत्पादन पहिचान भएको बताए । बडिगाड क्षेत्रमा धेरै किसानले चोयाबाट धेरै प्रकारका सामग्री निर्माण गर्ने, मह र भाँगो उत्पादन गर्ने हुँदा कोसेलीका रुपमा प्रयोग गर्न थालेको बताए।
“हामीले धेरै पहिलेदेखि कोसेलीका रुपमा यही नै उत्पादन भएको सामग्रीलाई प्रयोग गर्ने गरेका छौँ, यहाँबाट अरु धेरैले सिक्नुभएको छ, खुसी लाग्छ, कोसेलीमा स्थानीयको पहिचान झल्किन्छ, पहिले आयातीत काम नलाग्ने जिन्सी सामान कोसेली दिने चलन थियो”, अध्यक्ष अधिकारीले भने, “स्थानीय उत्पादन कोसेलीका रुपमा प्रयोग गर्दा किसानले उचित मूल्य पाउँछन्, बढी उत्पादन गर्नतर्फ प्रेरित हुने गरेका छन्, हामीहरुले दिन कोसेली कुनै न कुनै हिसाबबाट प्रयोगमा आउँछन् ।”
बडिगाड गाउँपालिकाले मात्रै होइन, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिकालगायतले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा प्रयोग गर्दै आएका छन् ।
तमानखोलाले पाहुना तथा अतिथिलाई चोयाको डाली, पछ्यौरा र गाउँमै उत्पादन भएको ढाकाटोपी दिने गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । पछिल्लो समय आधुनिकताले गर्दा धेरैले बाहिरबाट ल्याएका सामान प्रयोग गर्ने गरेको भन्दै त्यस्ता वस्तु देख्न राम्रो हुने तर पहिचान नझल्किने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार