सडक मर्मतमा २८ लाख भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १७:५१:५८
१५ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित २८ लाख ६२ हजार ४५९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो नगरपालिकाको वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अर्डिनरी स्वाय, हार्ड रक कटिङ गर्नुपर्ने भनी कामको बढी मूल्यांकन गराई नापी किताब, प्राविधिक विल र कार्य सम्पन्नको प्रतिवेदन तयार पारी सो रकम भुक्तान गरिएको देखिएको छ ।
अख्तियारले सारुसहित हस्त बहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लले सम्झौता विपरीत प्रतिवेदन तयार पारेको आयोगको विज्ञप्तिमा उल्लेख छ । सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजर कला कामी र इन्जिनियर महेश सिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेट अनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको र सोही नगरपालिकाको वडा नं. ८ का अध्यक्ष कर्ण रावल र तत्कालीन सदस्य पशुपति शाहीले सम्झौता अनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस दिई भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार