राष्ट्रपति पदका लागि पुटिनद्वारा औपचारिक उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १८:१६:५०
१५ माघ, मस्को । रुसले सोमबार औपचारिकरूपमा भ्लादिमिर पुटिनलाई मार्चमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ । निर्वाचनमा उनको जित करिब निश्चित छ ।
यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आएका ७१ वर्षीय पुटिनले चार वटा राष्ट्रपतीय निर्वाचन जितेका छन्, भने विपक्षीहरू करिब अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा काम गरे ।
केन्द्रीय निर्वाचन आयोगले आफूलाई मनोनयन गर्ने पुटिनका साथै दक्षिणपन्थी तथा पुटिनप्रति बफादार लियोनिद स्लटस्कीलाई निर्वाचनका लागि उम्मेदवारका रूपमा दर्ता गरेको जनाएको छ । निर्वाचन मार्च १५ देखि १७ सम्म अर्थात तीन दिनसम्म हुनेछ ।
क्रेमलिनका आलोचकहरूका अनुसार निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ कठिन बनाउने बताएका छन् । सन् २०२० मा एउटा विवादास्पद संवैधानिक सुधारपछि पुटिन कम्तीमा सन् २०३६ सम्म सत्तामा कायम रहन सक्नेछन् । अधिकार समूहहरूले विगतका निर्वाचनहरूमा अनियमितता भएको भन्दै स्वतन्त्र पर्यवेक्षकहरुलाई निर्वाचनको अनुगमन गर्न रोक लगाउन सकिने बताएका छन् ।
पुटिनले कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्ने अपेक्षा गरिएको छैन । उदारवादी प्रतिद्वन्द्वी बोरिस नादेजदिनले उम्मेदवारका रूपमा दर्ताका गर्नका लागि हस्ताक्षरको थ्रेसहोल्ड 'सीमा' पार गरेका छन् । यद्यपि उनलाई उम्मेदवारका रूपमा अनुमति दिइन्छ वा दिइन्न भन्ने अझै स्पष्ट भएको छैन । साथै क्रेमलिनले उनलाई गम्भीर प्रतिद्वन्द्वी नमानिएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
एनपिएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २९, २०८१ शनिबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार