विदेश पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार २०:४९:५९
१५ माघ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै रु ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका–४ बस्ने ३३ वर्षीय रामशरण शिवाकोटी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका निज शिवाकोटीले मिराकल कन्सल्टेन्सी खोली युनिसा आलेमगरलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने पटकपटक गरी रु १६ लाख ५० हजार, राजन प्रसाईंसहित तीन जनाबाट रु १६ लाख ५२ हजार ठगी गरी सम्पर्कबिहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनलाई आइतबार विहान १० बजेतिर कञ्चनपुरको भिमदत्त नगरपालिका–४ गड्डाचौकीबाट पक्राउ गरी आज सार्वजनिक गरिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
उनले भने “प्रारम्भिक अनुसन्धानमा सिवाकोटीले फ्रान्स, स्पेन, युक्रेनलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको खुल्न आएको छ ।” उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार