‘पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण’ : पूर्वप्रम खनाल
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार १२:१६:२१
इलाम । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उनले जोड दिए ।
इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश नंं को पार्षद् भेलामा पूर्व प्रम खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
उनले लोकतन्त्रलाई बलियो बनाउनु, राष्ट्रियतामा आँच आउन नदिनु, सुशासन, दिगो विकास र सांस्कृतिक विषयवस्तुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता समेत रहेका खनालले सुशासनबिना मुलुक अघि बढ्न नसक्ने भन्दै बन्द, हडताल र आतङ्कबाट समेत सबै त्रसित बनाउन बन्द गर्नुपर्ने बताए ।
अहिले मुलुकको लोकतन्त्रमाथि नै प्रश्न उठाउन थालिएको भन्दै उनले अब लोकतन्त्र टिकाउन लाग्नुपर्नेमा जोड दिए । उनले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै छिमेकी राष्ट्रसँग समेत समान व्यवहार गर्दै अघि बढ्नुपर्ने बताए ।
मुलुक स्वाधीन र स्वतन्त्र राष्ट्र भएको भन्दै हाम्रा भू–भाग र क्षेत्रफलका बारेमा आवाज उठाउन सक्नुपर्नेमा खनालले जोड दिए । नेपाल पत्रकार महासङ्घ प्रदेश नंं–१ को अवसरमा पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रदेश सांसदसमेतको सहभागिता रहेको छ । महासङ्घको भेला भोलिसम्म चल्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार