अलपत्र परेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण पुनः थालियो
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार २१:९:५९
१५ माघ, सिन्धुपाल्चोक । लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण पुनः सुरु भएको छ । २०६७ सालदेखि निर्माण बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएको थियो ।
नेसनल हाइड्रोले बत्ती उत्पादनपश्चात् सरकारलाई रु ६२ करोड तिर्ने गरी आयोजना सकारेपछि निर्माणको काम थालिएको हो । ४ दशमलब ५ मेगावाट क्षमताको आयोजनाको तीन किलोमिटर सुरुङमध्ये दुई हजार चार सय मिटर सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।
विसं २०८२ सालभित्र निर्माण सम्पन्न गरी उत्पादन गर्ने लक्ष्य लिएर आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सुरुङमा विस्फोटक पदार्थ पड्काएर कामको पुनः सुरुआत गरिएको नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले जानकारी दिए ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निमाणका लागि स्थानीय तहले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तत्पर रहेको जनाउँदै सहज ढङ्गले आयोजनाको काम सम्पन्न गर्न सहकार्य गर्ने बताए ।
यस्तै उपप्रमुख उमा प्रधानले आयोजनाले स्थानीयको जीवन स्तरमा सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने र राजगारीको अवसर सृजना हुँदा युवा विदेशिने क्रमलाई केही हदसम्म रोक्ने बताए ।
आयोजनाबाट मेलम्ची नगरपालिका–७, ८, ९, १० र ११ का प्रत्यक्ष प्रभावित हुने कम्पनीले जनाएको छ । जलविद्युत् आयोजना निर्माणका लागि प्रतिमेगावाट २५ करोड खर्च अनुमान गरेको कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
कैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार
महोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार