विदेशी मुद्रा: डलरको भाउ सामान्य बढ्दा युरो घट्यो
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार ८:४:६
१६ माघ, काठमाडाैं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।
शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार भने ०३ पैसाले बढेको हो। आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसामा कारोबार भएको छ। यसअघि यसको खरिद दर १३२ रूपैयाँ ६९ पैसा र बिक्री दर १३३ रूपैयाँ २९ पैसामा कारोबार भएको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरोको एकको खरिद दर १४३ रूपैयाँ ५९ पैसा र बिक्री दर १४४ रूपैयाँ २४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४३ पैसाले घटेको हो। सोमबार युरोको खरिद दर १४४ रूपैयाँ ०२ पैसा र बिक्री दर १४४ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको मंगलबार खरिद दर १६८ रूपैयाँ ५७ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८७ रूपैयाँ ६२ पैसा र बिक्री दर ८८ रूपैयाँ ०२ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा कायम गरिएको छ।
यता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९८ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ ०२ रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३९ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीदर २८ रूपैयाँ १६ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३१ रूपैयाँ ३३ पैसा र बिक्री दर ४३३ रूपैयाँ २८ पैसा र बहराइन दिनार एकको खरिद दर ३५२ रूपैयाँ ०५ पैसा र बिक्री दर ३५३ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार