प्रधानमन्त्री कप: मंगलबार दुई खेल हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार ८:३७:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/apf-pm-cup-t20-1_pTgtW6l9Pq_qqEOPp7Jpa.jpg)
१६ माघ, काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुँदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूर पश्चिम प्रदेशबीच खेल हुँदैछ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अंक सहित शिर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चत गरेको छ ।
त्यस्तै त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंक नै हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेस प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंक सहित चौथो स्थानमा रहेका छन् ।
त्यस्तै एपीएफ क्लब ७ खेलमा ८ अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूर पश्चिम प्रदेशले ७ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ । कर्णाली प्रदेश ८ खेलमा ६ अंक सहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ७ खेलमा एक जित र ६ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार