आजबाट औपचारिक रुपमा कांग्रेसको अभियान सुरु, देशभरका सबै वडामा पुगे प्रतिनिधि
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार ११:४:५
१६ माघ, काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानको आज उद्घाटन भएर २६ गते सम्म चल्ने छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियान अन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् ।
अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरू खटाइएको छ । यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याइएको हो । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचन लगत्तै सुरु गर्न लागेको ‘समुदायमा कांग्रेस’ अभियानका लागि ७७ जान केन्द्रीय प्रतिनिधि छनोट गरको छ ।
केन्द्रले छनोट गरेका प्रतिनिधिहरु १३ गतेदेखि नै परिचालित हुनेछन् । पार्टीले सबै जिल्लामा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि बनाएर जिम्मेवारी दिएको छ । नेताहरू भने माघ १३ गतेबाटै जिल्लामा खटिएका थिए । माघ १३ देखि अभियान सुरु भएपनि यसको उद्घाटन भने आज माघ १६ गते राखिएको छ ।
यसअघि माघ ७ गतेदेखि अभियान सञ्चालन गर्ने भनिएको थियो । तर, राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते परेकाले निर्वाचन सकिएपछि मात्र अभियान सुरु गर्न लागिएको कांग्रेस सूचना सञ्चार तथा प्रचार विभागमा प्रमुख मीन विश्वकर्माले जानकार दिए । कांग्रेसले सातै प्रदेशमा प्रतिनिधि तोकेको हो ।
नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय नेताहरूलाई जिल्ला तोकेर खटाएको छ । कुन नेतालाई कुन जिल्लामा खटाउने भन्ने कार्यसमितिको निर्णयअनुसार ‘समुदायमा कांग्रेस’ अभियानका लागि नेताहरूलाई जिल्ला जिल्लामा खटाइएको कांग्रेसले जनाएको छ ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारी पनि सहभागी हुनेछन् । माघ १६ गतेदेखि २६ गतेसम्म टोली जिल्ला जिल्लामा रहनेछ । अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरक–फरक टोली खटिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक रहनेछन् । तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ । टोली २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ ।
को कहाँ खटाइए ?
कोशी प्रदेश
१) डा. शेखर कोइराला– झापा र सुनसरी
२) डा. नारायण खड्का– संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
३) बलबहादुर के. सी.– मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर
मधेश प्रदेश र वागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह– मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा वागमतीको सिन्धुली र मकवानपुर
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही , वागमतीको धादिङ र चितवन
वागमती प्रदेश
१) डा. मिनेन्द्र रिजाल– काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा
गण्डकी प्रदेश
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ
लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि– रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
२) डा. डिला संग्रौला– कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी
कर्णाली प्रदेश
१) डा. शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत
सुदुरपश्चिम् प्रदेश
१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर
नोटः केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार