निलम्बनपछि अदालतको आदेशबाट काममा फर्किएका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला बर्खास्त
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १३:३७:५१
१६ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई पदबाट बर्खास्त गरिएको छ । स्पष्टीकरणको जवाफ दिएको एक साता नबित्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको दवावमा उनलाई बर्खास्त गरिएको हो । मन्त्री बस्नेतले उनलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा सिफारिस लगेका थिए ।
अघिल्लो पटकको मन्त्रिपरिषदको बैठकमा नै मन्त्री बस्नेतले बासौलालाई बर्खास्त गर्नुपर्ने बताएका थिए । तर, माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो । ९ गते बर्खास्त गर्ने निर्णय भएपनि अहिलेसम्म पत्र नआएको बीमा बोर्डले जनाएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दा उनलाई बर्खास्त गरिएको कुरा राखिएको थिएन ।
स्वास्थ्य मन्त्रालय स्रोतले भने बसौलालाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाटै भएको जानकारी दिएको छ । बसौला भने अहिले बीमा बोर्डकै पुर्ववत कार्यक्रमका लागि काठमाडौं बाहिर रहेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले बसौलालाई बर्खास्त गरिएको सूचना आएको तर, पत्र नआएको जनाएको छ । बोर्डका प्रवक्ता ओमकुमारी कडेलले कार्यकारी निर्देशक बसौलालाई बर्खास्त गरिएको बारे मन्त्रालयबाट औपचारिक पत्र आउन बाँकी रहेको जानकारी दिएकी छन् ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री बस्नेतको आदेशपछि २४ पुसमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई हटाउन मन्त्रिपरिषदमा सिफारिस गरिएको थियो । सोही सिफारिस बमोजिम माघ ९ को मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि पनि मन्त्री बस्नेतले बसौलालाई हटाउने मनसायले स्पष्टीकरण सोधेका थिए ।
मन्त्री बस्नेतले बसौलालाई पदीय जिम्मेवारी बहन नगरेको भन्दै तीन दिनको म्याद दिएर असोज ४ गते ११ बुँदे स्पष्टीकरण सोधेका थिए । गलत नियतका साथ स्पष्टिकरण सोधेको भन्दै मन्त्री बस्नेतको सर्वत्र आलोचना भएपछि उनले मन्त्रिपरिषदमा प्रस्ताव लगेर असोज २४ मा बसौलालाई स्पष्टीकरण सोध्न मन्त्रालयलाई स्वीकृति दिने निर्णय गराएका थिए ।
सोही स्वीकृतिको आधारमा असोज २६ गते मन्त्रीस्तरीय निर्णय गर्दै बसौलाले प्रमाण मेटाउन सक्ने लगायतका आरोप लगाउँदै तीन महिनाका लागि निलम्बन गरिएको थियो । मन्त्रालयको सो निर्णयविरुद्ध बसौला कात्तिक १७ मा सर्वोच्च गएका थिए । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न पुष ६ मा अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशपछि थप रुष्ट बनेका मन्त्री बस्नेतले पुनः बीमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेका थिए । त्यससँगै उनले बसौलालाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका हुन् । कार्यकारी निर्देशक बसौलालाई केपी ओलीको सरकारले भानुभक्त ढकाल स्वास्थ्यमन्त्री रहँदा ४ वर्षका लागि २०७७ कात्तिक २० नियुक्ति दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार