उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १३:५९:५९
१६ माघ, काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको ५६ वर्षको उमेरमा हृदयघातका कारण आज निधन भएको छ । बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो ।
उनको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । उनी गत पुस १८ गते उच्च अदालतमा नियुक्त भएका थिए । उनको पुस २४ गते उच्च अदालत पाटनमा पदस्थापन भएको थियो ।
उनीसहित पदस्थापन भएका न्यायाधीशहरूलाई न्यायपरिषद्ले यस बीचमा ओरियन्टेसन कक्षमा राखेको थियो । ओरियन्टेसन कक्षा सकिएपछि मरासिनी सोमबार मात्रै उच्च अदालत पाटनमा हाजिर भएका थिए ।
तर, उनका लागि अदालतमा हाजिर भएको दोस्रो दिन अर्थात आज (मंगलबार) गोलाप्रथाद्वारा इजलास तोकिँदै थियो । गोलाप्रथाद्वारा इजलास तोक्ने क्रममा मरासिनी अनुपस्थित रहेपछि उच्च अदालत पाटनले उनको खोजी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार