नेप्से दोहोरो अंकले बढ्यो, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १५:२८:५२
१६ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह शून्य दशमलव १७, लघुवित्त समूह शून्य दशमलव ३० र निर्जीवन बीमा समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक तीन दशमलव ५६ प्रतिशतले बढेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ३५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालय रिइन्स्योरेन्स लिमिटेडको रु ७५ करोड २७ लाख ८६ हजार नौ सय १८ बराबरको १० लाख ७० हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार