वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘भिसी’ माथि दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १६:१०:१६
१५ माघ, काठमाडाैं। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानका कायममुकायम उपकुलपति प्राध्यापक प्रल्हाद कार्कीमाथि उनकै कार्यकक्षमा दुर्व्यवहारको आरोपमा तीनजना पक्राउ परेका छन् । उपकुलपतिको कार्यकक्षमा भेटन गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास गरेको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार मंगलबार दिउँसो १ बजे उपकुलपतिलाई भेट्न गएका तीन जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेका थिए । तीन जनालाई तत्काल ‘भिसी’को कार्यकक्षबाटै नियन्त्रण लिइएको उनले जानकारी दिए ।
डिएसपी भण्डरीले भने ‘मोविल प्रहारबाट भिसी सरलाई केही हुन पाएन । त्यहाँ खटिएका हाम्रा कर्मचारीको सहयोगमा वहाँमाथि आक्रमण रोकिएको हो ।’ घटना संलग्न तीन जनालाई नियन्त्रण लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।
प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूले बढुवा माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीहरु कामु भिसीले आफूहरूको मागलाई वेवास्ता गर्दै आएको आरोप लगाउँदै आएका छन् । यसैगरी प्रतिष्ठानका नर्सिङ र कर्मचारीहरू पनि आन्दोलन गरिरहेका छन् । उनीहरूले बढुवाको माग राख्दै आन्दोलनका कार्यक्रमहरू गर्दै आएका हुन् ।
उच्च अदालत विराटनगरले आन्दोलनकारीहरुलाई निःशर्त माग फिर्ता लिइ कार्यक्षेत्रमा फर्कन अल्पकालिन अन्तरिम आदेश दिएका थियो । प्रतिष्ठानले पनि अदालतको आदेश अनुसार आ–आफ्नो कार्यक्षेत्रमा फर्कन आन्दोलन पक्षमा आग्रह गरेका थिए । आन्दोलनरत पक्ष भने अदालत र प्रतिष्ठानको अपिललाई वेवास्ता गर्दै आन्दोलन जारी राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार