क्रिप्टो करेन्सीमार्फत १ अर्ब ४९ करोड ठगीको आरोपमा साह पक्राउ
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार १६:१५:४७
१६ माघ, काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किँदै गरेका ३२ वर्षका डम्बबहादुर साहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोडको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनले १ अर्ब ४९ करोडको अनलाइन कारोबार गरेको पाइएको छ ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयले मंगलबार अनलाइन जुवा खेल्नेहरूका लागि अवैध रुपमा रकम ट्रान्सफर गरिदिने गिरोहका नाइके साहलाई पक्राउ गरेको जानकारी दिएको हो । प्रहरीले अनलाइन जुवा खेल्न र ठगीका लागि विभिन्न माध्यमबाट रकम लोड गरिदिने उनी सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी भएको जानकारी दिएको छ ।
साहले अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि १ अर्ब ४९ करोड रूपैयाँ ट्रान्सफर गरेको तथ्य प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । प्रहरीले यो प्रकरणमा कम्तीमा पनि ३४ जना ठगिएको जनाएको छ ।
साहले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टो करेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको भेटिएको हो । अवैध रकम लेनदेनका लागि साहले उद्गम भेन्चर क्यापिटलका चारवटा बैंक खाता खोलेका र ती चारवटा खाताबाट ९१ करोड ६२ लाख ३८ हजार ६०९ कारोबार गरेको भेटिएको छ ।
सोही खाताबाट ५८ करोड ३५ हजार ६३४ रूपैयाँ कारोबार गरेको भेटिएको छ । कम्पनीका चार वटा र आफ्ना ११ वटा खाताबाट साहले यी दुई वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रूपैयाँ कारोबार गरेको प्रहरीले बताएको छ ।
साहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जसता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको पनि भेट्टिएको छ । साहले संचालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार