मानव अधिकार उल्लंघन गर्ने कर्मचारी, सेना र प्रहरी अधिकारीसहित ६० जनाको नाम सार्वजनिक
नेपालबहस संवाददाता
माघ १६, २०८० मंगलबार २२:१७:०
१६ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनमा कारवाहीको लागि सिफारिस गरेकाहरुको नामावली सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले ६० जनाको नाम सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामति कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम सार्वजनिक गरेको छ । नेपाली सेनाका सेनानीहरु कृष्णमुरारी न्यौपाने, सुरत रावल तथा सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दिनेश थापा पनि कारवाहीमा सिफारिस भएकाहरुको सूचीमा छन् । सशस्त्र प्रहरी बलका सहायक प्ररही उपरीक्षक प्रकाश ओझासहित राष्ट्रिय अनुसन्धानका निरीक्षक लिलाधर पौडेल पनि सूचीकृत छन् ।
निजामति कर्मचारीतर्फ प्रमुख जिल्ला अधिकारीहरु दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचाय माधवप्रसाद ओझा, शालीग्रााम शर्मा पौड्याल र शिवप्रसाद नेपाल पनि सूचीमा छन् । सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम अधिकारी, विभाग प्रमुख द्रोण पोखरेल, कारागार प्रमुखहरु देवेन्द्रप्रसाद श्रेष्ठ र कमला घिमिरेसहित निमित्त कारागार प्रमुख यामलाल ओली तथा नासु दिपेन्द्रप्रसाद पौडेलको पनि नाम सार्वजनिक भएको छ ।
प्रहरीतर्फ ३२ जना कारवाहीको लागि सिफारिस परेका छन् । प्रहरी उपरीक्षकहरु रामकुमार खनाल, नारायणकुमार आचाय योगेश्वर रोमखामी र उमाप्रसाद चर्तुवेदी कारवाहीका लागि सिफारिस भएको आयोगले जनाएको छ । प्रहरी नायब उपरीक्षकहरू कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, टेकुनन्द इवा लिम्बु र हनुमान शाहको नाम पनि सूचीमा छ ।
यस्तै प्रहरी निरीक्षकहरु महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधर गोविन्दप्रसाद साह र कमलप्रसाद गिरीसहित प्रहरी सहायक निरीक्षकहरु खड्गबहादुर कार्की, दिनेश अधिकारी, महाविर राज धावे र बासुदेव चौधरनवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाली रहेका छन् ।
प्ररही नायब निरीक्षकहरु रामकुमार यादव, श्याम राउत, धर्मेन्द्रकुमार सिंह चक्र बस्नेतसहित प्रहरी हवल्दारहरु भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी, दलबहादुर कार्की र प्रहरी जवान विनोद ठाकुर, टार्जन गुरुङ र निलम संग्रौला पनि कारवाहीको लागि सिफारिसमा परेका छन् ।
तत्कालीन नेकपा माओवादीका खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, रामविलास यादव, हृदय यादव, प्रभु साह, एसपी किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहना पनि यो सुचीमा छन् । सिफारिस गरिएका ६६ मध्ये ६ जनाको हकमा कारवाहीको जानकारी प्राप्त भएकोले नाम सार्वजनिक नगरिएको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार