‘पुष्पा २’ को सेटबाट अल्लु अर्जुनको नयाँ लुक लिक, बढयो उत्सुकता

नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार ९:२१:२४

१७ माघ, हैदाराबाद । अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यतिबेला साउथ सुपरस्टार आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । न त फिल्मको टिजर आएको छ, न त कुनै गीत नै रिलिज भएको छ तर त्यसअघि नै उनको सेटबाट एउटा तस्बिर लीक भएको छ । ‘पुष्पा २’ को सेटबाट लीक भएको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
‘पुष्पा २’ को सेटबाट लीक भएको यो भाइरल फोटोमा अल्लु अर्जुन ‘गंगाम्मा थल्ली’ अवतारमा देख्न सकिन्छ । यो त्यही लुक हो, जुन फिल्मको फर्स्ट लुक पोस्टरमा पनि शेयर गरिएको थियो । यो तस्विरमा सुपरस्टार नीलो रंगको बनारसी साडी लगाएर कुर्सीमा बसेको देखिन्छ । लीक भएको तस्विरलाई लिएर फ्यानहरुले पनि तिब्र प्रतिक्रिया दिइरहेका छन् ।
के हो ‘गंगाम्मा तल्ली जठारा’ ?
अल्लु अर्जुनको ‘गंगाम्मा तल्ली जथारा’ लुकको बारेमा कुरा गर्दा ‘गंगाम्मा तल्ली जथारा’ तिरुपतिको प्रसिद्ध अनुष्ठान हो, जुन हरेक वर्ष एक हप्तासम्म मनाइन्छ। यसको अन्तिम दिन पुरुषहरू महिलाहरू जस्तै लुगा लगाउँछन् र गंगाम्मा जस्तै देखिन्छन्।
‘पुष्पा २’ र सिंघम अगेनबिच भिडन्त हुने
सुकुमारको निर्देशनमा बनेको चलचित्र ‘पुष्पाः द रुल’ यो वर्षको बहुप्रतिक्षित सिक्वेल हो । यो फिल्म १५ अगस्ट २०२४ मा विश्वभर धेरै भाषाहरूमा रिलिज हुनेछ। साउथको यो फिल्म बलिउड अभिनेता अजय देवगनको फिल्मसँग सिनेमाघरमा भिड्नेछ । अजयको 'सिंघम अगेन' अगस्ट १५, २०२४ मा थिएटरमा रिलिज हुँदैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
फागुन १५, २०८१ बिहिबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
सरकारले गर्यो एकैपटक ७८ जना सहसचिवको सरुवा (नामावलीसहित)
फागुन १५, २०८१ बिहिबार
चितवनमा ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु
फागुन १५, २०८१ बिहिबार
दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन
फागुन १५, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए
फागुन १५, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायणले आफैँ निर्माण गर्ने
फागुन १५, २०८१ बिहिबार