सिंगटी हाइड्रो इनर्जीको २ फागुनदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार ९:२८:५५
१७ माघ, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले फागुन २ गतेदेखि १:१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ।
यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ।
यस शेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको भुमिका निर्वाह गर्नेछ। उक्त शेयरमा आवेदन दिनको लागि कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।
उक्त हकप्रद शेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले शेयर दाबी गर्न पाउनेछन्। सिंगटी हाइड्रोले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार