तत्काल मन्त्री हेरफेर हुने कुरा छैनः कानूनमन्त्री गुरुङ
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १२:५४:३४
१७ माघ, बुटवल । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद हेरफेर नहुने बताएका छन् । उनले कांग्रेसभित्र मन्त्री फेर्ने कुरा नआएकाले मन्त्रिपरिषदमा हेरफेर नहुने बताए ।
प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्ने बताउने गरेको भए पनि नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले अहिलेको अवस्थामा आफ्नो दल मन्त्रिपरिषद हेरफेरको पक्षमा नरहेको बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले अहिले मन्त्री फेरबदल गर्ने अवस्थामा कांग्रेस र सरकार दुवै नरहेको बताएका हुन् ।
‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही मन्त्रिपरिषद ठीक छ भन्ने सबैको भनाइ छ,त्यसैले तत्कालका लागि मन्त्री फेरबदल हुँदैन,’ मन्त्री गुरुङले भने, ‘बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र छैन ।’
तत्कालीन माओवादी सशस्त्र युद्ध र अन्य आन्दोलनसँग सम्बन्धित संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी सरकार क्रियाशील रहेको पनि उनले बताए । सकभर सहमतिमा टुंगो लगाउने हो नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार