पुराणमा के छ ? लोकापर्ण
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १४:५७:५२
१७ माघ, काठमाडौं । बैंकर तथा लेखक कृष्णबहादुर कुँवरको पुराणमा के छ ? पुस्तक सार्वजनिक भएको छ । शनिबार देशका विभिन्न ६ स्थानबाट लोकार्पण गरिएको सो पुस्तकमा पूर्वीय सनातन वांमयका १८ वटै पुराणमा रहेका केही घतलाग्दो विषयहरू टिपेर तिनको अर्थसहित उल्लेख गरिएको छ । गुल्मीको तम्घास, रिडीको ऋषिकेश मन्दिर प्रांगण, कोशी प्रदेश अन्तर्गत घरानको वराहक्षेत्र धाम, मधेस प्रदेशको जनकपुको जानकीमन्दिर प्रांगण, गण्डकी प्रदेश अन्तर्गत मुस्ताङको मुक्तिनाथ प्रांगण तथा काठमाडौंको प्रज्ञाप्रतिष्ठान कमलादीबाट एकै समयमा लोकार्पण गरिएको हो ।
काठमाडौंमा भएको लोकार्पण कार्यक्रम के एन्ड के कलेज र दायित्व वांमय प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेका थिए । दायित्व वांमय प्रतिष्ठानका अध्यक्ष डा.राप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यकारसहित अन्य विविध क्षेत्रका प्रतिष्ठित विद्वानहरू प्नि उपस्थिति रहेको थियो ।
शनिबार अपराह्न सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. रामप्रसाद दाहाल, वाल्मीकि विद्यापीठका प्रमुख प्राचार्य डा. भागवत् ढकालले पुस्तकमाथि चर्चा गरेका थिए । त्यस्तै के एन्ड के कलेजकी अध्यापिका शारदा भण्डारीले पनि पुस्तकको ओजका बारेमा आफ्नो मन्तव्य दिएकी थिइन् । वक्ता तथा टिप्पणीकारहरुले पुराणको महत्व र अहिलेका युवाहरूलाई पुराणहरुका बारेमा ज्ञान दिनुपर्ने आवश्यकता रहेको कुरा औंल्याएका थिए । सो कार्यक्रमका प्रमुख अतिथि रुरु क्षेत्र रिडीका पीठाधीश्वर जगदीश प्रपन्नाचार्य रहेका थिए ।
पुस्तकको संक्षिप्त समीक्षा तथा टिप्पणी गर्ने क्रममा प्रपन्नचार्यले पूर्वीय दर्शनको चुरो वेदको व्याख्या पुराण रहेकाले अठारै पुराणहरुको ठूलो महत्व भएको बताए । पुराणहरु जीवन जिउने पद्धति भएकाले सबै धर्मका व्यक्तिलाई सत्मार्गमा डोर्याउने कुरालाई प्रष्ट पारे । पुराणहरुले धर्म, अर्थ, काम, मोक्ष चारै पुरुषार्थ दिन सफल भएकाले हामीहरू अन्य धर्म, सम्प्रदायतर्फ माडिनु आवश्यक नरहेको बताएका थिए ।
पुराणजस्तो गहनतम विषयबाट सबैलाई काम लाग्ने र जान्नैपर्ने कुराहरु टिपेर पुस्तकाकार रुप दिएकोमा लेखकलाई साधुवाद दिएका थिए । मौद्रिक क्षेत्रको हिसाबकिताब गर्ने व्यक्तिले पुराहरु अध्ययन गरी कामलाग्ने कुरा उतारेर पुस्तकाकार रुप दिनु ठूलो कुरा भएको वक्ताहरूले बताएका थिए । पुस्तकका लेखक कृष्णबहादुर कुँवरले शिष्टाचार र सजगतादेखि ग्रामीण विकाससम्बन्धी विषयमा दशवटा पुस्तक लेखिसकेका छन् । कुँवरले अहिलेका युवाहरूले पुराणमा भएका केही काम लाग्ने कुरा जानुन् भनेर यो पुस्तक लेखेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार