सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १६:७:१९
मुकेशकुमार यादव
१७ माघ, सिरहा । सिरहामा सखुवाको चिरान काठ सहित काठ लोड गरिएको गाडी र चालकलाई सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ। सव डिभिजन कार्यालय बन्दीपुरले कर्जन्हा नगरपालिका १ बल्टियाबाट बुधबार बिहान एक सय क्यूविकफिट सखुवा प्रजातिको चिरान काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो।
सबडिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलीले कर्जन्हा नगरपालिका १ बल्टिबाट ज १ च १५७३ नम्वरको अशोका लेल्याण्ड पिकप लोडगरी बन्दिपुरतर्फ ल्याउँदै गरको सखुवा प्रजातिको चिरान फेन्टा काठसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लाहानले जनाएको छ ।
विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्वद आबिद हुसेन नेतृत्वका वन कर्मचारीले गाडी, चालक र काठ नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए। आवश्यक कागजात खोजतलाससहित यस सम्वन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
वन कार्यालयले काठ तस्करी नियन्त्रणका लागी प्रयास गरेपनि प्रहरी प्रशासनको मौन्ताले सिरहाको चुरेक्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको स्थानियहरु बताउँछन्। यस क्षेत्रबाट तस्करहरुले प्रहरी प्रशासनलाई नजराना तिरी रातीको समयमा काठ तस्करी गरी सहःमिलहरुमा पुर्याउने गरेको स्थानीयको भनाई छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित
बैशाख १९, २०८१ बुधबार
रौतहटमा अत्यधिक गर्मीले खोला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !
बैशाख १९, २०८१ बुधबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
बैशाख १९, २०८१ बुधबार
बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै
बैशाख १९, २०८१ बुधबार
क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय
बैशाख १९, २०८१ बुधबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
बैशाख १९, २०८१ बुधबार
पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ बर्षिय बृद्ध पक्राउ
बैशाख १९, २०८१ बुधबार
काठमाडौं नजिकै भेटियो डाँफे जोडी
बैशाख १९, २०८१ बुधबार