भूकम्पपीडितले लिए दुई अर्ब ६८ करोड ऋण : नेपाल राष्ट्र बैंक
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार १४:८:३४
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महीनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्पपीडितको सङ्ख्या एक हजार ५७७ रहेको छ ।
भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको पुनरकर्जाअनुसार पीडितले उक्त परिमाणको रकम ऋण लिएका हुन् ।
यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्ने पुनरकर्जाको उपयोग सो अवधिमा बढेको छ । चालू आवको आठ महीनासम्म केन्द्रीय बैंकले रु २४ अर्ब ५४ करोड पुनरकर्जा लगानी गरेको छ । त्यसमा साधारण पुनरकर्जा रु २० अर्ब ३८ करोड रहेको छ भने निर्यात पुनरकर्जा रु एक अर्ब ४८ करोड छ ।
यस्तै सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पुशपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १४ हजार ११३ पुगेको छ । सो कार्यक्रममा रु २३ अर्ब ४१ करोड कर्जा बक्यौता रहेको छ भने रु ९८ करोड २२ लाख ब्याज अनुदान दिइएको छ ।
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ मा भएको व्यवस्थाअनुसार अन्य क्षेत्रतर्फ रु पाँच करोड १४ लाख कर्जा प्रवाह भएको बैंकले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
कात्तिक २७, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार