नेपालले बंगलादेशलाई दियो १७० रनको झिनो लक्ष्य
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १७:३८:१६
१७ माघ, काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशलाई १ सय ७० रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको नेपाल १ बल अगावै १ सय ६९ रन बनाउँदा अलआउट भयो ।
सेमिफाइनलबाट बाहिरिसकेको नेपाल बंगलादेशसामु खुलेर खेल्न सकेन । कसिलो बलिङ गरेका बंगलादेशका बलरसामु नेपालका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका ५ ब्याटर क्याच आउट भए । दुई ब्याटर भने बोल्ड आउट भए । नेपालका लागि विशाल विक्रम केसीले १०० बलमा ६ चौका मद्धतमा सर्वाधिक ४८ रन बनाए ।
संकटबीच अर्धशतकनजिक पुगेका विशाल ४३ औं ओभरको अन्तिम बलमा रोहनत डौल्लाह बोसेनको बलमा बोल्ड आउट भए । बंगालदेशका बलरसामु शीर्ष क्रमका ब्याटरहरु क्रिजमा टिक्न नसक्दा नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो ।
चौथो विकेटका लागि कप्तान देव र विशाल विक्रम केसीले ६२ रनको साझेदारी गर्दै नेपालको इनिङस् माथि उकासे । कप्तान देव खनाल ३५ रन बनाउँदै क्याच आउट भए । ६० बलको सामना गरेका देवले ३ चौका प्रहार गरे । लामो सट खेल्ने धुनमा रहेका देव इलबाल हुसैनको बलका क्याच आउट भए ।
ओपनर अर्जुन कुमालले १४ रन जोडे । २६ बलमा २ चौका हानेका अर्जुन रोहनतकै बलमा क्याच आउट भए । सुवास भण्डारी १८ रनमा अविजित रहँदा दुर्गेस गुप्ता ९ रनमा क्याच आउट भए । अन्तिम विकेटका लागि सुवास दुर्गेसले २७ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तयार पार्न सहयोग गरे । नेपालका सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
अलराउण्डर गुल्सन झा ३ रन बनाउँदै आउट भए । सिनियर टोलीमा फिनिसरको छवी बनाएका गुल्सन उमेर समुहमा भने चल्न सकेका छैनन् । १३ बलमा ३ रन बनाएका आकाश आकाश त्रिपाठी इलबाल हुसैन एमोनको बलमा महफुजुर रहमान रब्बीको हातबाट क्याच आउट भए ।
१२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए । गुल्सन, आकाश, दिपक बोहोरा र दिपेश कँडेलले समान ३ रन बनाए। आकाश चन्द पहिलो बलमा नै एलबीडब्लु धरापमा परे । बंगलादेशका लागि रोहनतले चार विकेट लिए । शेख जिवोनले ३ विकेट लिए । शेखले आफ्नो स्पेलमा २ मेडन राख्दै ३४ रन दिए । इकवाल, मरुफ र जिसानले समान एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार
रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त
असोज २, २०८१ बुधबार
आईसीसी विश्वकप लिगमा नेपाल र ओमान भिड्दै
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
असोज ३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ३, २०८१ बिहिबार
क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?
असोज २, २०८१ बुधबार