विराटनगर महानगरको आम्दानीभन्दा खर्च धेरै
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार २१:२७:४६
१७ माघ, वराटनगर । विराटनगर महानरपालिकाले ६ महिनाको अवधिमा १३ करोड ४२ लाख २२ हजार राजश्व उठाएको छ । महानगरको पुँजीगतभन्दा चालु खर्च बढी देखिएको छ । महानगरसभाको १३ औँ अधिवेशनमा प्रस्तुत आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा खर्चमध्ये पुँजीगततर्फ ३८ करोड ६७ लाख १६ हजार र चालुतर्फ ६२ करोड १५ लाख १९ हजार भएको विवरण प्रस्तुत गरिएको छ ।
उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै तीन अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म एक अर्ब आठ करोड ६८ लाख ५१ हजार ७०० रुपैयाँ (३३ प्रतिशत) मात्रै भएको जानकारी दिइन् ।
कुल अनुमानित व्यय तीन अर्ब २८ करोड ५० लाख अनुमान गरिएकोमा पुस मसान्तसम्म यथार्थ व्यय एक अर्ब तीन करोड १६ लाख ९३ हजार मात्रै भएको छ । महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार ९ सय रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
राजस्व बाँडफाँटबाट प्राप्त राजस्वतर्फ ७० करोड २५ लाख ३ हजार अनुमान गरिएकोमा १३ करोड ४२ लाख २२ हजार ९ सय मात्रै प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुमान गरिएकोमा ६७ करोड ८८ लाख ६४ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त भएको छ ।
प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ चार करोड ६६ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म १ करोड २९ लाख ७६ हजार ७ सय रुपैयाँ प्राप्त भएको छ । जनसहभागितातर्फ आठ करोड ७९ लाख ३४ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म ९४ लाख ४७ हजार रुपैयाँ मात्रै उठेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार